• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा सशस्त्र प्रहरीद्वारा ११ लाख बढीको भन्सार छलीका सामान बरामद

  • वीरगंज संजाल
  • २० भाद्र २०८१, बिहीबार ११:२५
  • १७८९

    वीरगञ्ज । सशस्त्र प्रहरीले पर्साका विभिन्न स्थानबाट ११ लाख ३३ हजार रुपैयाँभन्दा बढीको भन्सार छलीका सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण, पर्सा हेडक्वार्टरअन्तर्गतको सीमा सुरक्षा टोलीले १० लाख ५६ हजार ३३० रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको हो।

    वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित इनर्वा नाकाबाट अवैध रूपमा भारतबाट भित्र्याइँदै गरेको किराना सामान, कपडा, जुत्ता, मोबाइल पार्ट्स, र कम्प्युटर पार्ट्स बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देबेन्द्र सिंहले जानकारी दिए। भन्सार छल्दै नेपालतर्फ ल्याउँदै गर्दा यी सामग्रीहरू नियन्त्रणमा लिइएको हो।

    यस्तै, सशस्त्र प्रहरीको अमरपट्टी बिओपीबाट खटिएको अर्को टोलीले पनि पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ स्थित छठघाटबाट ७६ हजार ९८० रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको छ। बरामद गरिएका सबै सामग्रीहरू आवश्यक कानूनी कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डीएसपी सिंहले बताए।

    सशस्त्र प्रहरीको नियमित गस्ती र निगरानीका क्रममा पर्सा क्षेत्रमा भन्सार छल्ने प्रयासमा रहेका विभिन्न अवैध सामानहरू लगातार बरामद भइरहेका छन्। यस किसिमको कारबाहीले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलापहरूमा कमी ल्याउने विश्वास लिइएको छ। सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा गस्तीलाई अझ कडा बनाएको र भन्सार छल्न खोज्नेहरूलाई कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

    बरामद गरिएका यी सामग्रीहरूले देशको राजस्व बचतमा पनि योगदान पुर्‍याएको र यस प्रकारको निगरानीले भविष्यमा पनि सीमा क्षेत्रलाई सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑