वीरगंज। वीरगंजको माईस्थान स्थित संजय पनिर दही भण्डारले फेरि नक्कली पनिर बिक्री गर्ने समाचार प्राप्त भएको छ। संजय यादवको स्वामित्वमा रहेको यो भण्डारले शुद्ध पनिरको नाममा विभिन्न किसिमका केमिकल प्रयोग गरी तयार गरिएको पनिर बिक्री गर्दै उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरिरहेको छ।
स्रोतका अनुसार, संजय पनिर दही भण्डारले भारतको पटनाबाट केमिकल युक्त पनिर आयात गरी वीरगंजमा शुद्ध पनिरको रूपमा बिक्री गर्दै आएको छ। यसरी, उपभोक्तालाई ठगी गर्दै स्वास्थ्यमा समेत नकरात्मक असर पुर्याइरहेको छ। हाल वीरगंजमा पनिरको मूल्य प्रति किलो ६०० रुपैयाँ छ, तर संजय पनिर दही भण्डारले १०० देखि २०० रुपैयाँमा केमिकल युक्त पनिर बेच्दै लाखौं रुपैयाँको ठगी गरिरहेको दाबी गरिएको छ।
संजय पनिर दही भण्डारले पनिरका विभिन्न परिकारमा प्रयोग हुने वस्तुलाई ठगी गरेर आफ्नो मुख्य व्यापार बनाएको छ। यादवले व्यक्तिगत स्वार्थको लागि उपभोक्ताको स्वास्थ्यलाई ध्यान नगरी पैसा कमाउनमा मात्र ध्यान दिएका छन्।
स्रोतका अनुसार, यो भण्डारले दुई प्रकारका पनिर राख्दछ – एक त आफ्ना जानकार र आफन्तलाई शुद्ध पनिर दिने र अर्को, सामान्य उपभोक्तालाई केमिकल युक्त पनिर बिक्री गर्ने गरेको पाइन्छ। यस घटनाले उपभोक्तामा असन्तोष र चिन्ता उत्पन्न गरेको छ।