आज:
  • होमपेज / Breaking News

    छानबिनमा तानिए ४० सहकारी, सात वटाको जिम्मा सीआईबीलाई

  • वीरगंज संजाल
  • १९ भाद्र २०८१, बुधबार ०९:४२
  • ९९३

    काठमाडौं | काठमाडौं महानगरपालिकाले कार्यक्षेत्रभित्रका विभिन्न ४० सहकारी संस्थाको छानबिन गरेको छ । महानगरपालिकाको सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्ले नेतृत्वमा ती सहकारीको छानबिन गरिएको हो ।

    गत चैत १६ देखि असार ७ गतेसम्म उजुरीका आधारमा महानगरपालिकाअन्तर्गतका ४० सहकारी संस्थाको छानबिन गरेर प्रतिवेदन तयार पारिएको महानगरपालिका स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार छानबिन गरिएका सहकारी मध्ये कैफियत देखिएको एक सहकारी संस्थालाई कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाउन प्रदेश सरकारलाई सिफारिस गरिएको छ ।

    महानगरले छानबिनका क्रममा कैफियत देखिएको महागुथी बहुद्देश्यीय सहकारी संस्था लिमिटेडमाथि कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाउन बागमती प्रदेश सरकारलाई सिफारिस गरेको हो ।

    महानगरले सात सहकारीको छानबिन प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समक्ष थप अनुसन्धानका लागि सिफारिस गरेको छ ।

    स्रोतका अनुसार सुमेरु बचत तथा ऋण सहकारी, स्क्वायर बचत तथा ऋण सहकारी, रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारीको प्रतिवेदन सीआईबीलाई पठाइएको छ ।

    यस्तै आधारभूत बुहद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी, महाबौद्ध बचत तथा ऋण सहकारी र नमो हारती बचत तथा ऋण सहकारीको पनि अध्ययन प्रतिवेदन सीआईबीलाई बुझाइएको स्रोतले जानकारी दिएको छ ।

    यी हुन् छानबिनमा तानिएका सहकारी

    १ महागुथी बहुद्देश्यीय सहकारी संस्था लिमिटेड
    २ अग्रिम बाँसबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ३ साई स्वागत बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ४ पर्यटन व्यवसायी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ५ सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ६ आनन्दनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ७ स्क्वायर बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ८ यलुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ९ सराफी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    १० महिला शक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ११ महिला तरकारी व्यवसायी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    १२ रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    १३ श्रद्धा सबुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    १४ गोफल पलान्चोक भगवती बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    १५ आधारभूत बुहद्देश्यीय सहकारी संस्था संस्था लिमिटेड
    १६ ईजी वे बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    १७ तेजवान बहुद्देश्यीय सहकारी संस्था लिमिटेड
    १८ वियज शान्ति बचत तथा ऋण सहकारी सहकारी संस्था लिमिटेड
    १९ समुहिक परिवर्तनशील महिला बचत सहकारी संस्था लिमिटेड
    २० माता पञ्चकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    २१ न्हुँ बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    २२ पशुपति सेवा उपभोक्ता सहकारी संस्था लिमिटेड
    २३ सत्कार बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    २४ भूदेव बहुद्देश्यीय सहकारी संस्था लिमिटेड
    २५ भिजन बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    २६ महाबौद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    २७ कुस्मावती बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    २८ आधारशीला बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    २९ पचली बहुद्देश्यीय सहकारी संस्था लिमिटेड
    ३० मैजुबहाल बहुद्देश्यीय सहकारी संस्था लिमिटेड
    ३१ अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ३२ परियोजना बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ३३ नमो हारती बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ३४ अनामनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ३५ छक्कु बक्कु बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ३६ सिल्भर स्टार बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ३७ शैक्षिक उत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ३८ परावर्तन बहुद्देश्यीय सहकारी संस्था लिमिटेड
    ३९ दक्षिणा बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    ४० नव विश्वास बचत तथा ऋण सहकारी संस्था लिमिटेड

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला
  • पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न
  • राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा
  • दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    मोटरसाइकल पार्किङ विवादले ज्यान लियो, वीरगञ्जमा एक जनाको मृत्यु

    दुर्गा प्रसाईं फेरि पक्राउ

    हर्कको प्रश्न : रौतहटमा भएको बालिकाको हत्याबारे यो सरकारले के गर्दैछ?

    शहिद धर्मराज सिंहकी आमाद्वारा एमाले उम्मेदवार प्रदीप यादवलाई जितको आशीर्वाद

    राष्ट्रियसभा बैठक सुरु

    आहा रारा पोखरा गोल्ड कपको २५ औँ वर्षको अवसरमा तस्बिर प्रदर्शनी

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    मोटरसाइकल पार्किङ विवादले ज्यान लियो, वीरगञ्जमा एक जनाको मृत्यु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    News

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    News

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    News

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    News

    मोटरसाइकल पार्किङ विवादले ज्यान लियो, वीरगञ्जमा एक जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑