• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्पदंशका घटना बढ्दै

  • वीरगंज संजाल
  • १९ भाद्र २०८१, बुधबार ०७:३४
  • १४२९

    महोत्तरी । महोत्तरी जिल्लामा केही समय यता सर्पदंशका बिरामी बढेका छन् । प्रादेशिक अस्पताल जलेश्वर महोत्तरीका चिकित्सक डा.कृष्णा पंजियारले अत्यधिक गर्मी र वर्षाको कारणले सर्पदंशको बिरामी बढेको बताउनुभयो ।

    यहाँ पानी र अत्यधिक गर्मीले दुलोमा बस्ने सर्प बाहिर निस्कने र टोक्ने गरेको उहाँको भनाइ छ । उहाँले भदौ महिनामा अहिलेसम्म ३२ जना सर्पदंशको बिरामी उपचारको लागि आइसकेको बताउनुभयो । उहाँले उपचारमा आएकाहरुमध्ये २१ जनाले आफूलाई सर्पले टोकेको र ११ जनाले सर्प वा किरा कसले टोकेको थाहा नभएको बताएका थिए ।

    उहाँले विषालु सर्पले टोकेको यकिन नभएसम्म तथा विषको असर नदेखिएसम्म प्रतिविष अर्थात् एन्टी स्नेक भेनम नचलाउने गरेको बताउनुहुँदै आफूहरु लक्षण नदेखिसम्म एन्टी स्नेक भेनम नचढाउने गरेको बताउनुभयो । उहाँले उपचारका लागि आउने बिरामीहरुलाई टोकेको ठाउँलाई बढी नचलाउने, टोकेको ठाउँभन्दा माथि हल्का दवाब पर्ने गरी पट्टी बाँधिदिने र लक्षणहरु जानकारी गराइदिने बताउनुहुँदै निगरानीमा राखेर लक्षणहरु देखिए मात्रै भेनम चढाउने गरेको बताउनुभयो ।

    यसक्षेत्रमा गोमन र करेत सर्प विषालु सर्पको सूचीमा छ । कतिपयले सर्पले टोक्दा पनि उपचारको लागि अस्पतालमा नआई झारफुक गर्ने, धामीलाई देखाउने र स्थिति बिग्रे मात्रै अस्पताल ल्याउने गरेको बताउनुभयो । उहाँका अनुसार यस्ता बिरामीलाई बढी विष चढे आइसियुसमेत चाहिने भएकोले सर्प वा अन्य कुनै किराले टोकेमा तत्कालै उपचारका लागि अस्पताल पुग्न सुझाव दिनुभयो ।

    प्रादेशिक अस्पतालको इमरजेन्सी (आकस्मिक) शाखामा खटिनुभएका हेल्थ असिस्टेन्ट भरत ठाकुरले सर्पदंशका बिरामी उपचारका लागि आएमा हामीले बिरामीको लक्षण हेरेर मात्रै उपचार गर्ने गरेको बताउनुभयो । श्वासप्रश्वास अवरुद्ध भइरहेको लागेमा, आँखाको ढकनी पूरा खोल्न असहज भएमा, आँखा बन्द गर्न थालेमालगायतका लक्षणहरुको आधारमा विष चढेको आफूहरुले बुझ्ने गरेको बताउनुहुँदै आइसियु भएमा सर्पदंशको बिरामी बाँच्ने आधार धेरै बढी हुने बताउनुभयो ।

    प्रादेशिक अस्पताल जलेश्वरमा विगत चार वर्षदेखि पाँच शय्याको भेन्टिलेटरसहितको आइसियु रहे पनि जनशक्ति अभावमा सञ्चालन हुन सकेको छैन ।

    प्रादेशिक अस्पताल जलेश्वरको आकस्मिक शाखा इन्चार्ज राजीव पाठकले साउन महिनामा ६८ जना विभिन्न टोकाइको समस्या लिएर अस्पताल भर्ना भएको बताउनुभयो । उहाँले आ.व.२०८०-०८१ मा २३८ जना सर्पदंश वा अन्य टोकाइको समस्या लिएर उपचारमा आएको बताउनुभयो ।

    अस्पतालमा सर्पदंशको उपचार निःशुल्क रहेको र अहिले भेनम पनि उपलब्ध रहेकोले सर्पदंशका बिरामीहरुलाई धामी, झाँक्री वा अन्य ठाउँमा लग्नुभन्दा अस्पताल जान उहाँको सुझाव छ । गोरखापत्र अनलाइन

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑