• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पानी निकास नहुँदा गाउँले समस्यामा

  • वीरगंज संजाल
  • १९ भाद्र २०८१, बुधबार ०३:३०
  • १२८१

    लहान । सिराहा नगरपालिका–६, बसबिटा गाउँबाट वर्षाको पानी निकास नहुँदा असारदेखि कात्तिकसम्म घरआँगनमै पानी जमिरहने समस्या भोग्दै आइरहेका छन् । कमला नदीको पूर्वी किनारामा रहेको बसबिटा गाउँवासी चार महिना पानीमै आउजाउ गरिरहनुपर्ने समस्या भोग्दै आएका छन् ।

    स्थानीय शान्तिदेवी यादव भन्नुहुन्छ, “गाउँबाट पानी निकास हुने नाला नहुँदा बसबिटा गाउँका अधिकांशको घरआँगनमा आधा वर्ष नै पानी जमिरहन्छ । यही बेला सर्पको बिगबिगी रहने भएकाले बालबालिकाको हेरचाह गर्न पनि निकै समस्या पर्छ ।”

    वडाध्यक्ष इन्द्रजित यादवले पहल नगरेको होइन, स्थानीयवासीको दबाबकै कारण पानी निकास नै नबनाई पक्की सडक बनाउँदा झन् ठुलो समस्या भएको हो यादव भन्नुहुन्छ ।

    “सडकभन्दा तल घर भयो । सडकमा पानी सुके पनि आँगनमा पानी सुक्दैन । पानीको निकासका लागि बसबिटा गाउँको पानी कमला नदीमा जोडेर नाला निर्माण गर्नु पथ्र्याे तर हतारको विकास निर्माणले काम गर्दा दुःख भएको छ,” स्थानीय रामविलास भुस्कुलियाले बताउनुभयो । हुलाकीमार्ग निर्माण सङ्घर्ष समितिका संयोजकसमेत रहनुभएका सामाजिक अभियन्ता तथा वरिष्ठ लेखक रामरिझन यादव भन्नुहुन्छ, “मधेशमा विकासको नाममा कतै कतै विनास निम्ताउने काम भइरहेको छ । जताततै नाला निर्माण नगरी असारे विकासको विकृतिले हचुवाको भरमा ढलान निर्माण गर्ने कार्यलाई गति दिइरहेको छ । नालाबिनाको सडकले ठुलो समस्या सिर्जना भइरहेको छ । बसबिटामा देखिएको समस्या पनि यही हो । सिराहा जिल्लाको १७ वटै पालिकामा रहेका प्राविधिकहरूले सडक निर्माण गर्दा पहिले नाला निर्माण गर्नुपर्ने सामान्य ज्ञानलाई समेत व्यवहारमा उतार्न सकेको छैन ।”

    सडक डिभिजन कार्यालय लहानका इन्जिनियर जिवछ यादवका अनुसार मधेश प्रदेशमा कालोपत्रे सडक निर्माण गर्नुपर्नेमा नालाबिना ढलान कार्यमा बढी जोड दिएको छ । ढलान भनेको गाउँ टोलका गल्लीमा गर्नुपर्ने हो, त्यो पनि नाला निर्माण गरे तर अधिकांश ठाउँमा नालाबिना बनाएको ढलान सडक न वातावरणमैत्री छ न टिकाउ हुने छ । हचुवाका भरमा बजेट प्रयोग गर्ने उद्देश्यले विकास निर्माण भइरहेकाले यस्ता कार्य रोक्न पालिकाका प्राविधिक टोलीलाई योजना छनोट भएपछि नक्साङ्कन गर्न दिनु अति आवश्यक छ ।

    बसबिटा गाउँको समस्या समाधानका लागि वडा कार्यालय सिराहा नगरपालिकासँग समन्वय गरी पानी निकासका लागि प्रयत्नशील रहेको वडाध्यक्ष इन्द्रजित यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “यसका लागि पटक पटक सिराहा नगरपालिका बोर्डमा माग गर्दै आइरहेका छौँ ।” बसबिटा गाउँ नै कमला नदीको किनारमा रहेको र पानी निकासका लागि कमलामा बग्ने गरी नाला निर्माण आवश्यक छ । यसका लागि लाग्ने बजेट विनियोजनका लागि नगरप्रमुख नवीनकुमार यादवसमेत गम्भीर भएर यो समस्या समाधान गरी छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको वडाध्यक्ष यादवको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑