• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    खानेपानी सेवा सुनिश्चित गर्न सरकारको २४ रणनीतिस् मन्त्री यादव

  • वीरगंज संजाल
  • १८ भाद्र २०८१, मंगलवार १७:३२
  • ८२९

    वीरगंज | खानेपानी मन्त्री प्रदीप यादवले नेपाल सरकारको राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति, २०८० अनुसार २१०० सम्म सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षित खानेपानी र सरसफाइ सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताउनुभएको छ। यसलाई हासिल गर्न २४ वटा रणनीति र कार्यनीतिहरू तयार गरिएको उहाँले जानकारी दिनुभयो। मङ्गलवार राष्ट्रिय सभा बैठकमा मन्त्री यादवले काठमाडौँ उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने योजना तीव्र गतिमा अगाडि बढिरहेको र असोजको पहिलो सातादेखि पुनः मेलम्चीको पानी वितरण हुने बताउनुभयो।

    साथै, तराई मधेसमा डिपबोरिङ्ग विस्तार र पहाडी सुख्खा क्षेत्रहरूमा लिफ्टिङ्ग योजना पनि अघि बढाइएको उहाँले बताउनुभयो। उहाँले अबको केही महिनाभित्र मेलम्चीको पानी काठमाडौँमा पुनः वितरण सुरु गर्ने र यसको नियमित आपूर्तिका लागि वैकल्पिक पथान्तरण सुरुङको मर्मत कार्य पनि सम्पन्न हुने जानकारी दिनुभयो।

    मन्त्री यादवले तराई मधेस क्षेत्रमा डिपबोरिङ्गका आयोजना सञ्चालन र पहाडी क्षेत्रहरूमा लिफ्टिङ्ग आयोजनाहरू विस्तार गर्ने योजना रहेको बताउनुभयो। साथै, मेलम्ची परियोजनाका अतिरिक्त अन्य खोलाहरूबाट पनि पानी ल्याई काठमाडौँमा वितरण गरिने उहाँले जानकारी दिनुभयो। मन्त्री यादवले काममा ढिलासुस्ती र समन्वयको अभावका कारण केही कठिनाइ भएको स्वीकार्दै अर्थ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सहकार्य गरेर यी समस्याहरू समाधान गर्न लागिपरेको बताउनुभयो। मन्त्री प्रदीप यादवले सरकारको दीर्घकालीन योजनामा मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स सुरक्षित स्थानमा स्थानान्तरण गरी काठमाडौँ उपत्यकामा बाह्रै महिना पानी वितरण गर्ने योजना रहेको बताउनुभयो।

    यसका साथै, सिन्धुपाल्चोकका यांग्री र लार्के खोलाबाट पनि ५१ करोड लिटर पानी काठमाडौँ उपत्यकामा ल्याई वितरण गरिने उहाँले जानकारी दिनुभयो। उहाँले भक्तपुरको महादेव खोला, ठोस्ने खोला, र सिस्नेरी खोलाको पानी वितरणको लागि सम्भाव्यता अध्ययन पूरा भएको र यसले काठमाडौँ उपत्यकामा थप पानीको सुविधा उपलब्ध गराउने योजना रहेको बताउनुभयो। मन्त्री यादवले पहाडी सुख्खाग्रस्त क्षेत्रहरूमा लिफ्टिङ आयोजना तथा तराई मधेसका जिल्लाहरूमा नदीहरूबाट थोक पानी वितरणको लागि सम्भाव्यता अध्ययन गरेर कार्यक्रम कार्यान्वयन गर्ने योजना रहेको जानकारी गराउनुभयो।

    सरकारले सङ्घ, प्रदेश, र स्थानीय तहहरू बीच समन्वय र सहकार्यमार्फत दीर्घकालीन खानेपानी, सरसफाइ तथा स्वच्छता योजना तयार गरी कार्यान्वयन गर्ने योजना बनाएको बताउँदै मन्त्री यादवले काठमाडौँ उपत्यकामा वर्षातको पानी सङ्कलन र पुनर्भरणको कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताउनुभयो। मन्त्री यादवले अर्थ मन्त्रालयका कर्मचारीहरूको ढिलासुस्ती र वन तथा वातावरण मन्त्रालयको असहयोगका कारण कतिपय कामहरूमा ढिलाइ भएको गुनासो गर्दै, सिएमसी कम्पनीसँगको कानुनी लडाइँमा नेपाल सरकारको पक्ष बलियो बनाउन निर्देश दिएका जानकारी दिनुभयो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑