वीरगञ्ज। नेपाली काँग्रेस पर्साले आफ्नो संगठनलाई सुदृढ बनाउने उद्देश्यले जिल्लाका नेताहरूलाई विभिन्न शाखाका प्रमुख पदमा मनोनयन गरेको छ।
नेपाली काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा पार्टीको विधान २०१७ (संशोधन सहित) र नियमावली २०७६ को परिच्छेद १७ को दफा ४८(३) बमोजिम जिल्ला कार्य समिति पर्साका सदस्यहरूलाई यी पदहरूमा नियुक्त गरिएको हो।
काँग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेका अनुसार, मनोनयन गरिएका प्रमुखहरूमा विकास शाखाका नवीन सिंह, पेसागत तथा बुद्धिजीवी शाखाका ललन द्विवेदी, कृषि तथा भूमिसुधार शाखाका मदन यादव, शान्ति सुरक्षा तथा प्रशासन शाखाका दिना गुप्ता, उद्योग व्यापार वाणिज्य समन्वय शाखाका हिरालाल साह कानु, अभिलेख शाखाका प्रवेश सर्राफ, प्रचारप्रसार शाखाका धर्मेन्द्र पटेल, स्वास्थ्य शाखाका डा. रामाशंकर प्रसाद कुर्मी, गैर सहकारी संस्था सामाजिक सेवा समन्वय शाखाका माघव राउत थारु, युवा तथा खेलकुद शाखाका हरिन्द्र यादव, वैदेशिक रोजगार समन्वय शाखाका गम्हिरा साह तेली, ट्रेड युनियन तथा श्रमिक समन्वय शाखाका लक्ष्मण प्रसाद कुर्मी, र शिक्षा, विज्ञान तथा प्राविधिक शाखाका शैलेन्द्र यादव रहेका छन्।
प्रवक्ता पाण्डेले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा, यी नियुक्तिहरूले पार्टीको विभिन्न विभागहरूको सुदृढीकरण र समन्वयमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरिएको छ।