• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेश प्रदेशका डिआइजीसहित १० प्रहरी अधिकारी विभागीय अनुसन्धानमा तानिए

  • वीरगंज संजाल
  • १६ भाद्र २०८१, आईतवार १०:३६
  • ८२५

    वीरगञ्ज । मधेश प्रदेशका प्रहरी प्रमुख डिआइजी यज्ञविनोद पोखरेलसहित १० जना प्रहरी अधिकारीलाई विभागीय अनुसन्धानमा तानिएको छ। एक व्यक्तिको बैंक खाताबाट रकम ट्रान्सफर भएको खुलासा भएपछि उनीहरूलाई अनुसन्धानका लागि तानिएको हो।

    प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले केही दिनअघि रुपन्देहीको भ्रमणका क्रममा सबै प्रहरी अधिकारीको बैंक खाता जाँच भइरहेको जानकारी दिएका थिए। सोही जाँचपछि डिआइजी पोखरेलको खातामा अस्वाभाविक रकम भेटिएको छ।

    स्रोतका अनुसार, पूर्वगृहमन्त्री विमलेन्द्र निधिका निकटस्थ जितेन्द्र कर्णको बैंक खाताबाट डिआइजी पोखरेलको खातामा ठूलो रकम ट्रान्सफर भएको फेला परेको छ। यसै कारण, डिआइजी पोखरेललाई विभागीय अनुसन्धानमा राखिएको छ।

    अनुसन्धानका क्रममा, कर्णको खाताबाट रकम पोखरेलको खातामा गएपछि कर्णलाई काठमाडौं तानेर विभागीय अनुसन्धान अगाडि बढाइएको छ। डिआइजी पोखरेलको भ्रष्टाचार र अनैतिक क्रियाकलापमा संलग्नता भएको आशंका गरिएको छ।

    यस घटनामा मधेश र कोशी प्रदेशका १० जना प्रहरी अधिकारीलाई पनि बयानका लागि तानिएको छ। अनुसन्धानका लागि प्रधान कार्यालयले सीमा प्रहरी चौकी दुहबी धनुषाका सई चन्द्रप्रसाद यादव, प्रहरी चौकी महुवा सप्तरीका असई उपेन्द्र प्रसाद यादव, जिल्ला प्रहरी कार्यालय धनुषाका वरिष्ठ हवल्दार निरज कुमार साह लगायतलाई मुख्यालयमा तानेको छ।

    प्रहरी प्रवक्ता दानबहादुर कार्कीले विभिन्न उजुरीको आधारमा अनुसन्धान भइरहेको पुष्टि गरेका छन्। डिआइजी पोखरेल केही महिनामै अनिवार्य अवकास पाउने क्रममा रहेका छन् भने उनी हाल जनकपुरधाममा रहेका छन्, मधेश प्रदेशका प्रहरी उपरीक्षक सुभाष बोहराले जानकारी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑