• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गाडी किन्न बैंकहरुले दिए ७.९९ प्रतिशत ब्याजदरमै कर्जा

  • वीरगंज संजाल
  • १६ भाद्र २०८१, आईतवार ०८:०१
  • ६५७

    वीरगंज । काठमाडौंमा जारी वृहत् नाडा अटो शो मा गाडी किन्न ७.९९ प्रतिशत ब्याजदरमै कर्जा पाइएको छ। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले भदौ ११ गतेदेखि १६ गतेसम्म आयोजना गरेको अटो शोमा दुई पाङ्ग्रे, चार पाङ्ग्रेदेखि कमर्सियल भेहिकल प्रदर्शनीमा राखिएको छ ।
    टाटा पन्च, लिप मोटर्सको सी–१०, जिकर एक्स, क्यूट–०४, एक्सपेङ जी–६, जीएसी एवोन–भी, एमजी जेडएस ईभी, एमजी साइबरस्टर, स्मार्ट ह्याज थ्री, नामी ई–वान, बीवाईडी अट्टो–३ ब्ल्याक, सुजुकी स्वीफ्ट, दिपल एस–०७, एचईभी–३००, महिन्द्रा एक्सयूभी थ्रीएक्सओ जस्ता नयाँ मोडल तथा ब्राण्डहरु अटो शोमा राखिएको छ ।

    बैंक तथा वित्तीय संस्थाहरुले अटो शोमा गाडी किन्ने ग्राहकलाई सहजता दिनका लागि विभिन्न योजना ल्याएका छन् । नाडा अटो शोमा सवारी किन्न चाहने ग्राहक तथा उपभोक्तालाई ‘अन दी स्पट’ सहज फाइनान्सिङ सुविधा उपलब्ध गराउने उद्देश्यसहित ८ वटा बैंक तथा वित्तीय संस्थाले स्टल राखेका छन् ।
    ठूला वाणिज्य बैंकहरुमा नबिल बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, लक्ष्मी–सनराइज बैंक र कृषि विकास बैंकले अटो शोमा भाग लिएका छन् । ‘ख’ वर्गको महालक्ष्मी विकास बैंकले समेत अटो शोमा भाग लिएको छ । यी बैंकहरुले सवारी कर्जामा न्यूनतम ७.९९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्म ब्याजदर अफर गरेका छन् ।

    ग्लोबल आईएमई बैंक

    ग्लोबल आईएमई बैंकले नाडा अटो शोको मुख्य प्रदर्शनी हलभित्रै स्टल राखेको छ । सवारी खरिद गर्न वा अवलोकन गर्न आउनेहरुलाई फाइनान्सिङको काउन्सेलिङ गरिरहेको बैंकले न्यूनतम ७.९९ प्रतिशतको ब्याजदरमा सहज अटो कर्जा उपलब्ध गराउने बताएको छ । यो फिक्स्ड (स्थिर) ब्याजदरमा हो ।

    नबिल बैंक
    नबिल बैंकले ईभी र आईसीई दुवै सेग्मेन्टका सवारीका लागि एकै खालको ब्याजदर प्रस्ताव गरेको छ । ५ वर्षे र ७ वर्षे स्थिर ब्याजदर प्रस्ताव गरेको बैंकले ५ वर्षका लागि ८.२५ प्रतिशत र ७ वर्षका लागि ८.४९ प्रतिशत ब्याजदर तोकेको छ । अटो कर्जाका लागि सजिलै फाइनान्सिङ सुविधा प्रदान गर्ने जनाएको बैंकले ग्राहकसँग सेवा शुल्क बापत ०.७५ प्रतिशत लिने जनाएको छ ।
    यसको अलावा नबिल ढुक्क घर कर्जा शीर्षकमा ७.९९ प्रतिशतदेखि ८.४९ प्रतिशतसम्मको ब्याजदरमा बैंकले १० वर्षसम्मका लागि स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।
    लक्ष्मी सनराईज बैंक
    लक्ष्मी सनराईज बैंकले ईभी गाडीका लागि मात्र कर्जा लगानी गर्ने नीति अघि सारेको छ । तीन दिनभित्र कर्जाको सबै प्रोसेस पुरा गर्ने दाबी गरेको बैंकले आफ्नो बेस रेट (९.२५ प्रतिशत) मा १ प्रतिशत मात्र प्रिमिय चार्ज गर्ने जनाएको छ ।
    बैंकले ईभीमा ७ वर्षका लागि ८० प्रतिशतसम्म कर्जा लगानी गर्ने जनाएको छ । यो सुविधा दसैंतिहार र छठसम्म रहनेछ । बैंकबाट कर्जा लिने ग्राहकले १ वर्षसम्म निःशुल्क भिसा, एटीएम कार्ड, आई–बैंक र मोबाइल बैंकिङ सुविधा समेत पाउनेछन् ।
    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)
    यस बैंकले अटो कर्जामा ईभी सवारीलाई विशेष प्राथमितामा राखेको छ । नाडा अटो शोमा स्टल राखेर अटो कर्जाको स्कीम बेचिरहेको बैंकले विद्युतीय गाडीमा ७.६४ प्लस १ अर्थात् आफ्नो बेस रेट (आधार दर) मा १ प्रतिशत मात्र प्रिमियम चार्ज गरेर कर्जा उपलब्ध गराउने जनाएको छ । अरु पेट्रोलियम गाडी (आईसीई) मा भने बैंकले बेस रेटमा २ प्रतिशत प्रिमियम चार्ज गर्ने बैंकले जनाएको छ ।
    सानिमा बैंक
    सानिमा बैंकले अटो कर्जामा ८.४९ प्रतिशतको ब्याजदर प्रस्ताव गरेको छ । खासगरी विद्युतीय सवारीका लागि विशेष कर्जा नीति ल्याएको बैंकले ‘गो इलेक्ट्रिक, गो ग्रीन’ नारासहित आफ्नो स्कीम ल्याएको छ ।
    विद्युतीय गाडीमा बैंकले ८० प्रतिशतसम्म कर्जा लगानीको घोषणा गरेको छ । अर्थात् विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकले जम्मा २० प्रतिशत डाउन पेमेन्टमा सानिमा बैंकबाट ८० प्रतिशतको सहज र सरल फाइनान्सिङ सुविधा पाउनेछन् ।
    यस्तो कर्जा ७ वर्ष अवधिका लागि मात्र प्रवाह गर्ने नीति रहेको बैंकले जनाएको छ । दसैं, तिहार र छठ जस्तो मुख्य चाडवाडलाई लक्षित गरेर बैंकले ल्याएको फेस्टिभ अफर छठसम्म लागू रहने जनाएको छ ।
    माछापुच्छ्रे बैंक
    माछापुच्छ्रे बैंकले ईभी गाडीका लागि ६ वर्षसम्मको मात्र कर्जा लगानी नीति अघि सारेको छ । तर, आईसीई गाडीका लागि ८ वर्षसम्म कर्जा लगानी गर्ने बैंकले जनाएको छ । दुवै सेग्मेन्टका सवारीका लागि समान ९ प्रतिशत ब्याजदर तोकेको बैंकले सेवा शुल्क बापत ग्राहकसँग जम्मा ०.२५ प्रतिशत मात्र सेवा शुल्क दिने दाबी गरेको छ ।
    आईसीई गाडीका लागि ५० प्रतिशतसम्म कर्जा लगानी गर्ने जनाएको बैंकले ईभीका लागि भने अधिकतम ७० प्रतिशतसम्म लगानी गर्ने जनाएको छ । ५० हजार रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म सजिलै कर्जा दिने जनाएको बैंकले सबै ब्रान्चबाट प्रोसेस गर्न सकिनेछ ।
    कृषि विकास बैंक
    सरकारी बैंक कृषि विकास बैंकले अटो विशेष न्यूनतम ७.९९ प्रतिशत ब्याजदरमा नै कर्जा उपलब्ध गराउने बताएको छ । ईभीका लागि ७.९९ प्रतिशत ब्याजदर अफर गरेको बैंकले आईसीईका लागि ८.९९ प्रतिशत ब्याजदर अफर गरेको हो ।
    स्थिर र अस्थिर दुवै किसिमबाट कर्जा लिन सकिने सुविधा दिएको बैंकले ७ वर्षसम्मको कर्जा अवधि राखेको छ । सवारी खरिदमा बैंकले ८० प्रतिशतसम्म लगानी गर्नेछ । यो योजना असार मसान्तसम्म रहेको छ ।
    महालक्ष्मी विकास बैंक
    नाडा अटो शोमा भाग लिएको महालक्ष्मी विकास बैंकले अटो कर्जामा वार्षिक ९.९९ प्रतिशतको ब्याजदर घोषणा गरेको छ । ठुला वाणिज्य बैंकहरुसँग प्रतिस्पर्धा गरेर कर्जा लगानीका लागि कसरत गरेको बैंकले ईभी गाडीका लागि विशेष प्राथमिकता दिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑