बारा । बिश्रामपुर गाउँपालिका–४ अन्तर्गत पर्ने श्री ने.रा.मा.वि. बलिरामपुरमा शिक्षक अभिभावक समिति र आमा समूह गठन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता संतोष साहले गरेका थिए भने आमा समूहको अध्यक्षतामा चिन्ता देवीले समिति गठन गरिन्।
यस कार्यक्रममा शिक्षक अभिभावक समितिमा र आमा समूहमा ११/११ सदस्यीय समिति गठन गरिएको छ।
कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पतिलाल प्र. कलवार, वडा नम्बर ४ का वडा अध्यक्ष किशोरी साह तुरहा, पूर्व वडा अध्यक्ष मदन प्र. यादव लगायत ४९ जना अभिभावकहरुको उपस्थिति रहेको थियो।
समितिहरूको गठनसँगै बिद्यालयको शैक्षिक र व्यवस्थापकीय पक्षमा सुधार आउने अपेक्षा गरिएको छ। कार्यक्रमले स्थानीय समुदाय र बिद्यालयबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।