• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतले निम्तो नदिएपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण अमेरिका हुने

  • वीरगंज संजाल
  • १३ भाद्र २०८१, बिहीबार १२:२०
  • १३०१

    वीरगञ्ज । चौथो पटक प्रधानमन्त्री बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा नियुक्त भएपछिको पहिलो विदेश भ्रमण भारतबाट गर्न चाहनु भएको भए पनि भारतले औपचारिक निमन्त्रण नदिएपछि अब उहाँको पहिलो विदेश भ्रमण अमेरिका हुने पक्का भएको छ।

    प्रधानमन्त्री ओली आगामी असोज ४ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने कार्यक्रम रहेको छ। महासभामा उहाँले असोज १० गते सम्बोधन गर्ने तय भएको छ। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारी सुरु गरिसकेको छ।

    यसअघि, भदौ १८ र १९ गते थाइल्याण्डको बैंककमा आयोजना हुने तय भएको बिमस्टेक शिखर सम्मेलन स्थगित भएपछि प्रधानमन्त्री ओलीको यो भ्रमण तालिका सार्वजनिक भएको हो।

    प्रधानमन्त्री ओलीले भारतबाट औपचारिक निमन्त्रणको प्रतीक्षा गरिरहेका थिए र सम्भवतः भारतीय निमन्त्रण प्राप्त भएपछि मात्र अमेरिका जाने योजना बनाएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई प्रधानमन्त्रीमा पुनः नियुक्त भएकोमा फोनमार्फत बधाई दिए पनि औपचारिक निमन्त्रण पठाएका छैनन्।

    यसैबीच, परराष्ट्र मन्त्री आरजु राणाको नयाँ दिल्ली भ्रमणको क्रममा पनि प्रधानमन्त्री ओलीलाई औपचारिक निमन्त्रण आएको छैन। यद्यपि, मन्त्री राणाले भारतीय प्रधानमन्त्रीलाई नेपालको तर्फबाट औपचारिक निमन्त्रण दिइसकेकी छन्।

    भारत भ्रमणको टुंगो नलागे पनि प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणको मिति र कार्यक्रम सार्वजनिक भइसकेको छ। महासभामा सहभागी भइरहँदा उहाँले सार्क राष्ट्रका प्रमुखहरूसँग पनि भेटवार्ता गर्ने तयारी भइरहेको जनाइएको छ।

    प्रधानमन्त्री ओलीको चाहना भारतबाट पहिलो विदेश भ्रमण गर्ने भए पनि हालसम्मको परिस्थितिले उहाँको पहिलो औपचारिक विदेश यात्रा अमेरिकाबाटै सुरु हुने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑