• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अनि काँचुली फेर्‍यो मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले

  • वीरगंज संजाल
  • ११ भाद्र २०८१, मंगलवार ११:५२
  • १०६५

    वीरगंज | सरसफाइको अभावमा अस्पताल दुर्गन्धित बनेको थियो । फोहोरको प्रत्यक्ष मारमा बिरामी थिए । अस्पताल प्रांगणमा जताततै चौपायाको गोबर हुन्थ्यो । अस्पतालका डेलिभरी, सर्जिकल, ओपीडीलगायत सबै कक्षमा फोहोर देखिन्थे ।

    बिरामीहरू नाक थुनेर उपचार गराइरहेका हुन्थे । प्रसूति कक्षको प्यासेजमै रगतले भिजेको सेनिटरी प्याड जताततै फालिएको हुन्थ्यो । अस्पताल दुर्गन्धित बन्दै गए पनि प्रशासनले चासो लिँदैन्थ्यो ।

    अस्पतालको शौचालय पनि फोहोर नै देखिन्थ्यो । शौचालय जान सक्ने अवस्था थिएन । बाटोमै दिसा थुप्रिएको हुन्थ्यो । फोहोरका कारण अस्पताल नै थला परेजस्तो देखिन्थ्यो । अस्पतालमा सुर्तीजन्य पदार्थ सेवन गरी जथाभावी थुकेको हुन्थ्यो । कतिपय ठाउँमा ५ सय ५१ र कतिपय ठाउँमा १ हजार जरिवाना लाग्ने उल्लेख हुन्थ्यो । तर, अस्पतालको भित्ता रातो मात्र होइन, कालै बनेको थियो ।

    स्वास्थ्यकर्मी पनि अस्पताल फोहोरले दुर्गन्धित बनेको गुनासो गर्थे । मास्क लगाएर सेवा दिनुपर्ने बाध्यता थियो । जहिल्यै यस्तै हुन्थ्यो । तैपनि कसैले वास्ता गर्दैन्थ्यो । अस्पताल सफा राख्न स्विपर पनि थियो । कार्यालय सहयोगी पनि थियो । खर्च पनि हुन्थ्यो तर खर्चअनुसार काम हुँदैन्थ्यो ।

    धेरैलाई अस्पतालको सेवाप्रति भरोसा नभएर हुन सक्छ, बिरामी पर्दा प्रायःजसो धरान, विराटनगर, काठमाडौं र छिमेकी मुलुक भारतको दरभंगा, पटनाका अस्पताल पुग्थे ।

    केही वर्षअघिसम्म रेफर अस्पताल भनेर चिनिने प्रादेशिक अस्पताल जनकपुर हाल मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत भएपछि सेवामा सुधार भएको छ । मधेस सरकार मातहत आएसँगै प्रादेशिक अस्पताल जनकपुरमा हुने क्रमिक सुधारले अस्पताल मधेस प्रदेशमै नमुना अस्पतालको रूपमा विस्तार भएको छ ।

    पुराना र खिया लागेर फालिएका शय्या, लकर टेबुल, कुर्सीलगायतका सामानलाई सफा गरेर रंगरोगन गराए । अस्पतालभित्र असरल्ल छरिएका पुराना बेड तथा अन्य सामग्रीहरूलाई बेल्डर र वेल्डिङ मेसिनको सहयोगले पुरानै बेडलाई मर्मत सम्भार गरी नयाँ प्रारूपमा ढालिएको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. विनोदकुमार यादव बताउँछन् ।

    बिरामीको चापले कोचाकोच हुने र बिरामीले शय्या पाउन मुस्किल हुने समस्यालाई जेनतेन पुरानो बेडहरूलाई नयाँ प्रारूपमा ढालेर उपकरणको व्यवस्थासँगै सेवासुविधा बढेपछि अस्पतालले जनताको विश्वास बटुल्न थाल्यो र बिस्तारै बिरामीको चाप बढ्न थालेको रजिष्ट्रार डा. यादवको दाबी छ । अञ्चल अस्पताल भएको बेलामा मुस्किलले दैनिक दुई सय जना बिरामी आउने अस्पतालमा अहिले दैनिक करिब आठ सय दैनिक बिरामी पुग्ने गरेको छ । अहिले अस्पताल दुई शय्याबाट लगभग चार सय शय्याको भएको छ । विशेषज्ञ सेवा २० बाट ५५ पुगेको छ ।

    विशेषज्ञ चिकित्सक, बेडको अभाव तथा कर्मचारीको उचित व्यवस्थापन नहुँदा अस्पतालले दिने सेवा लथालिङ बनेको थियो । तर, मधेस सरकार मातहत आएसँगै अस्पतालले दिने सेवादेखि सरसफाइमा सुधार आएको छ । प्रदेश सरकारले यसलाई पाँच सय बेडको बनाउने निर्णय गरे पनि अहिले चार सय बेडको सेवा दिँदै आएको छ ।

    मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल प्रदेश सरकार मातहत आएपछि अस्पतालले आफ्ना सेवामा पनि विस्तार गरेको छ । दैनिक दुईदेखि अढाइ सयसम्म बिरामी आउने प्रादेशिक अस्पतालमा अहिले साढे ७ देखि ९ सयसम्म दैनिक बिरामी आउनुले पनि अस्पतालको सेवामा सुधार भएको सहज रूपमा भन्न सकिन्छ । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुरधामका उपकुलपति डा. अंकुर साहले प्रतिष्ठान भएपछि दर्जनौं सेवा थप गरेको जनाएका छन् । ‘क्यान्सर ओपीडी, एनआईसी, आँखा विभाग, न्युरो सर्जरी, युरोलोजी, नेट्रोलोजीलगायतका सेवा विस्तार गरेको छ । समयमा अस्पताल नआउने कर्मचारी प्रवृत्तिलाई निरुत्साहित गर्न अस्पतालमा बायोमेट्रिक हाजिर गर्नुपर्ने प्रावधान लगाइएको छ’, उपकुलपति डा. साहले भने ।

    सेवालाई चुस्तदुरुस्त बनाउन टोकन सिस्टम र माइकिङलगायतका व्यवस्था गरिएको छ । इमरजेन्सी सेवालाई प्रभावकारी बनाउन एजडीयू सेवा लागू गरेको बताउँदै डा. साहले भने, ‘पहिला इमरजेन्सी सेवा प्रभावकारी थिएन । कुनै बिरामी इमरजेन्सीमा आउँदा सामानको अभावमा उपचारमा कठिनाइ हुँदै आएको थियो । तर, अहिले इमरजेन्सीमा १० बेडको एजडीयू सेवा सुरु भएपछि अस्पतालले प्रदान गर्ने सेवामा व्यापक सुधार आएको छ ।’

    सीमित समयका लागि सञ्चालन हुने ल्याब सेवालाई अहिले चौबिसैघण्टा सञ्चालन गरिरहेको उनले बताए । लामो समयदेखि लेप्रोस्कोपी मेसिन थन्काएर राखिएको थियो । तर, अहिले मेसिन सञ्चालनमा छ । त्यसैगरी, गम्भीर प्राकृतिका शल्यक्रिया गर्न तीनवटा मोडुलर ओटी कक्ष सञ्चालनमा ल्याइएको छ । आफूले जिम्मेवारी सम्हाल्नासाथ अस्पतालको दुरवस्था बदल्न शौचालयको सरसफाइ र ढोकाहरू फेर्ने काम थालनी गरेको डा. विनोदकुमार यादव बताउँछन् ।

    अस्पतालमा अक्सिजनको अभावमा बिरामीको उपचार सहजताका लागि अस्पतालभित्रै अक्सिजन उत्पादन हुने प्लान्ट जडान गरिएको रजिस्ट्रार डा. विनोदकुमार यादवले बताए । प्रतिष्ठानमा एमआरआई मेसिन, क्याथ ल्याबलगायतका अन्य सेवा सञ्चालनमा रहेको डा. यादवको भनाइ छ । उनल भने, ‘प्रतिष्ठानले अहिले गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याउन जोड दिएको छ ।’

    स्वास्थ्य सेवामा प्रदेशका सबै नागरिकको पहुँच अभिवृद्धि गर्दै सरल र सहज रूपमा स्वास्थ्य शिक्षा प्रदान गर्ने उद्देश्यले प्रदेश सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनासँगै बीएस्सी नर्सिङ, बीपीएच, बीएमएलटी र बीएनएस कक्षा सञ्चालन गर्दै आएको छ । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७७ अनुसार स्थापना भएको प्रतिष्ठानले स्थापनाको छोटो समयमै महत्त्वपूर्ण चार प्राज्ञिक कक्षा सञ्चालन गर्न सफल भएको छ । प्रतिष्ठानले एमडी एमएस कक्षा सञ्चालनसमेत गरिरहेको प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहले बताए ।

    चिकित्सा शिक्षा आयोगबाट मान्यता प्राप्त गरी २०७८ मंसिर महिनादेखि शिक्षण प्रशिक्षणको चारवटा कोर्स सञ्चालन गर्दै आएको प्रतिष्ठानले स्वास्थ्यसम्बन्धी शिक्षण प्रशिक्षण कोर्सअन्तर्गत बीएनएस संकायमा, बीएस्सी नर्सिङ, बीपीएच र बीएमएलटीको अध्ययन अध्यापन गराइरहेको छ ।

    प्रादेशिक अस्पताल जनकपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतका अस्पताल भएको बताउँदै उपनिर्देशक डा. कृष्णचन्द्र दासले भने, ‘हामीले आफ्नो क्षमता र हैसियतले अस्पतालमा व्यापक सुधार गरेका छौं । यो अस्पताललाई प्रदेशस्तरको बनाउनमा प्रदेश सरकार सक्रियतापूर्वक लागेकै कारण हामी यहाँसम्म गर्न सक्षम भएका छौं ।’

    अस्पतालले ल्याब स्थापना, आवश्यक जनशक्ति व्यवस्थापन र अक्सिजन प्लान्ट स्थापना तथा खोप अभियानलाई तीव्रता दिएको छ । जनकपुरधामको मुजेलियास्थित मणिपालको भवन मर्मत सम्भार गरी मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा रहने गरी आईसीयू र एचडीयू बेडसहितको एक सय शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । उपनिर्देशक केडी दासले अस्पतालको शाख र स्तरलाई तलबाट माथि ल्याउन दिनरात एक गुर्नुपरेको सुनाउँदै भने, ‘संस्था कसरी राम्रो बनाउन सकिन्छ भन्ने लक्ष्य लिएर काम गर्दा देशकै एउटा उत्कृष्ट अस्पताल बनाउन सम्भव भएको हो । काम गर्ने इच्छा शक्ति र सबैको सहयोगबाट सेवा प्रवाहमा प्रदेश अस्पताल देशकै उत्कृष्ट अस्पतालमध्ये एउटा बन्न सफल भएको छ ।’

    प्रदेश सरकार मातहत रहेको अस्पताललाई सुविधायुक्त बनाउन मधेस सरकारले पनि ठूलो सहयोग गरिरहेको छ । उत्कृष्ट सेवासँगै अस्पतालको सरसफाइ, बगैंचा व्यवस्थापनजस्ता कामलाई पनि उत्तिकै महत्त्व दिने गरेको रजिस्ट्रार यादव बताउँछन् । ‘पहिल्यैभन्दा अस्पतालभित्र र बाहिरको सरसफाइ, सुन्दर बगैंचा, पानीको व्यवस्थापनजस्ता कुरामा सुधार भएको अनुभूति भयो’, महोत्तरी रामगोपालपुर नगरपालिकाबाट उपचारका लागि आएका रामशोभित यादवले भने ।

    मधेसका जनतालाई राहत

    अस्पताल प्रांगणमा फार्मेसी, एम्बुलेन्स सेवा सञ्चालन छ । बिमामा उपचार, जनरल, इमरजेन्सी र निःशुल्क औषधि वितरण गर्ने फार्मेसी चलाइएको छ । अपरेसन थिएटर, देशको प्रसूति गराउन प्रादेशिक अस्पताल जनकपुर नै उपयुक्त छ ।

    अस्पतालका उपनिर्देशक कृष्णचन्द्र दासले भने, ‘अपरेसनका लागि धेरै समय कुर्न पर्दैन । अस्पतालले अहिले डायलाइसिस, आईसीयू, एनआईसीयू, म्यामोग्राफी, एमआरआई, सीटी स्क्यानजस्ता सेवा दिने गरेको छ । मुटु, हाडजोर्नी, न्युरोसर्जरी, नाक, कान, घाँटी, पत्थरीलगायतका शल्यक्रिया अस्पतालमा हुने भएकोले मधेसवासीलाई ठूलो राहत भएको छ ।’

    चुनौतीमा अवसर
    प्रदेश अस्पताललाई राम्रो बनाउने क्रममा धेरै खालका चुनौतीसँग जुध्नु परेको रजिस्ट्रार डा. विनोद यादव बताउँछन् । ‘धेरैले आक्षेप पनि लगाए । तर हिम्मत हारिएन । चुनौतीलाई अवसरको रूपमा लिइयो’, डा. यादवले भने ।

    प्रतिष्ठानको तीन उद्देश्य
    मधेस स्वास्थ्य प्रतिष्ठानको दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षा र सर्वसुलभ रूपमा विशिष्ठीकृत स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्य अनुसन्धान र नवीनताको खोजी गर्ने मुख्य अभिप्राय हो ।

    प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहका अनुसार हाल अस्पतालमा साइक्र्याट्रिक वार्ड पनि सुरु गरिएको छ भने मिर्गौलाका बिरामीलाई डायलासिस सेवा उपलब्ध छ । अब प्रतिष्ठानलाई प्रदेशका आठवटै जिल्ला अस्पतालको सञ्जालमा जोडेर काम अघि बढाइने उनले बताए । ‘अब जुन अस्पतालमा जे आवश्यक छ त्यहाँ पीजीका कार्यक्रमहरू आलोपालो गरी सञ्चालन गर्नेछौं । त्यसले प्रदेशका अस्पतालको क्षमता विकास हुन्छ भने रेफरल सिस्टममा पनि सुधार आउनेछ’, उपकुलपति डा. अकुर साह भने, ‘सातवटै प्रदेशमध्ये सबैभन्दा बढी जनघनत्व भएको प्रदेश हो यो ।

    काठमाडौंपछि सबैभन्दा बढी स्वास्थ्यकर्मी उत्पादन हुने जिल्लाको रूपमा धनुषा र महोत्तरी छन् । जनकपुर अहिले पनि तराईका पाँच बढी जिल्लाको रिफरल सेन्टर छ । एमडीएमएस सुरु भएपश्चात् अस्पतालका सेवा थप प्रभावकारी हुन्छन् । जनताले पहिलेभन्दा अहिले प्रभावकारी स्वास्थ्य सेवा पाउँछन् । मधेसका लागि निकै नै महत्त्वपूर्ण उपलब्धि हो । प्रतिष्ठानको सेवाले बेग्लै उचाइ लिनेछ ।’

    शिक्षाको हब

    मधेस स्वास्थ्य विज्ञान प्रष्तिठान स्थापनासँगै पहिलो वर्षमा स्नातक तहको चार विधामा कार्यक्रम सञ्चालन गरिएको छ । जसमा बीएनएस, बीएस्सी नर्सिङ, बीपीएच, बीएस्सी एमएलटीको कक्षा सञ्चालन भइरहेको छ । यसैगरी स्नाकोत्तर तहतर्फ एमडी इन् अब्सट्रेटिक्स एन्ड गाइनोक्लोजी, एमडी इन् पेडियाट्रिक्स, एमडी इन् इन्टरनल मेडिसिन र एमडी इन् जेनरल सर्जरीमा अध्ययन अध्यापन भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • चरेससहित एकजना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    News

    लागू औषधसहित युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑