वीरगञ्ज । वीरगञ्ज समाज सेवाले हरेक शनिबार बिहान १० बजे नारायणी अस्पतालको प्राङ्गणमा निःशुल्क भोजन वितरण गर्दै आएको छ। यो सेवा अस्पतालमा उपचार गराइरहेका बिरामी, बिरामीका आफन्त कुरुवा, र गरिब तथा असहाय व्यक्तिहरूलाई लक्षित गर्दै सुरु गरिएको थियो। आज यसले १७ औं हप्ता पूरा गर्यो।
वीरगञ्ज समाज सेवाका अध्यक्ष अशोक कुमार गुप्ताले यो अभियानको उद्देश्य गरिब र असहायलाई सहयोग गर्नु रहेको जानकारी दिनुभयो। उहाँले समाजसेवामा लाग्ने सबैलाई यो अभियानमा तन, मन, र धनले सहयोग गर्न आग्रह गर्नुभएको छ।
सचिव प्रकाश बाहिति अनुसार, हरेक शनिबार ४५० देखि ५०० जनासम्मलाई शुद्ध शाकाहारी भोजन वितरण गरिन्छ। भोजनमा स्वादिष्ट दाल, भात, तरकारी, र अचार समावेश गरिएको छ, जसले गर्दा सेवा ग्रहण गर्ने व्यक्तिहरूलाई सन्तुष्टिपूर्वक भोजन प्राप्त होस् भन्ने उद्देश्य राखिएको छ।
आजको कार्यक्रममा अध्यक्ष गुप्ता, उपाध्यक्ष मनोज प्रसाद रौनियार, सचिव प्रकाश बाहिति, कोषाध्यक्ष विनोद सरार्फ, र अन्य सदस्यहरू मदन प्रसाद गुप्ता, राजु रुङ्ग्टा, वकिल प्रसाद रौनियार, रमेश अग्रवाल, नवनित अग्रवाल, बैधनाथ प्रसाद कलवार, बिरेन्द्र प्रसाद आर्या, हरेन्द्र प्रसाद, राधेश्याम गुप्ता, अभिलेष गुप्ता, साथै सञ्चारकर्मी लालबाबु सिंह र अजित भुजेलको उपस्थिति रहेको थियो।
वीरगञ्ज समाज सेवा समूहले भविष्यमा अरू शाखाहरू खोल्दै आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ। यो अभियानले समाजमा सामाजिक समृद्धि र सहयोगको भावना फैलाउन महत्वपूर्ण भूमिका निभाउने अपेक्षा गरिएको छ।