• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भदौ लागिसक्दा समेत मधेसका २० स्थानीय तहले बजेट ल्याउन सकेनन्

  • वीरगंज संजाल
  • ६ भाद्र २०८१, बिहीबार १२:१४
  • १३३३

    वीरगंज | भदौ लागिसक्दा समेत देशका २८ स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन्। भदौको पहिलो हप्तासम्म पनि बजेट ल्याउन नसक्ने स्थानीय तहमध्ये २० गाउँपालिका र ८ नगरपालिका छन् ।

    नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम स्थानीय सरकारहरूले हरेक वर्षको असार १० गतेसम्म आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नगर, गाउँसभामा पेस गरिसक्नुपर्ने व्यवस्था छ। पालिकाहरूले असार मसान्तसम्म बजेट पारित गरिसक्नुपर्छ। तर, २८ स्थानीय तहले भने अझै बजेट ल्याउन नसकेका हुन्।

    बजेट ल्याउन नसक्ने २० गाउँपालिकामध्ये सबैभन्दा बढी १४ वटा मधेस प्रदेशका छन्। यस्तै बजेट पास गर्न नसकेका ८ नगरपालिकामध्ये पनि सबैभन्दा धेरै मधेस प्रदेशकै ६ वटा नगरपालिका रहेको नेपाल नगरपालिका संघले जानकारी दिएको छ। बागमती प्रदेशका दुई नगरपालिका, ललितपुरको गोदावरी र चितवनको राप्तीले बजेट ल्याउन सकेका छैनन्।

    गाउँपालिका राष्ट्रिय महासंघका अनुसार मधेस प्रदेशका १४, सुदूरपश्चिमका दुई, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका एक÷एक गाउँपालिकाले हालसम्म बजेट पास गर्न सकेका छैनन्।

    मधेस प्रदेशका एकसय ३६ स्थानीय तहमध्ये १४ गाउँ र ६ नगर गरी २० स्थानीय तहले बजेट पास गर्न बाँकी छ।

    जनप्रतिनिधि र कर्मचारीबीच आपसमा कुरा मिल्न नसक्दा पर्साको जिराभवानी गाउँपालिकाले हालसम्म बजेट पास गर्न सकेको छैन।

    जनप्रतिनिधिमाथि भ्रष्टाचारको आरोप लागेपछि ललितपुरको गोदावरी नगरपालिका र सर्लाहीको बागमती नगरपालिकामा पनि बजेट रोकिएको थियो। गोदावरीका मेयर र उपमेयरले भ्रष्टाचारको आरोपमा केही दिनअघि सफाइ पाएका छन्।

    बागमती नगरपालिकाका मेयर भरत थापा र उपमेयर लीलाकुमारी मोक्तान दुवैजना निलम्बनमा छन्। जेष्ठ वडा अध्यक्ष (वडा नम्बर ४ का वडा अध्यक्ष) कृष्ण लामाले हाल कार्यवाहकको जिम्मेवारी लिएका छन्। बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीलाल पुरीले नगरले केही दिनअघि बजेट पास गरेको जानकारी दिए।

    जनप्रतिनिधिबीचको राजनीतिक विवादका कारण अछामको तुर्माखाँद गाउँपालिकाले पनि हालसम्म बजेट पास गर्न सकेको छैन। विगत ६ महिनादेखि निमित्तको भरमा चलिरहेको तुर्माखाँदले हिजोबाट मात्रै प्रमुख प्रशासकीय अधिकृत पाएको छ।

    दोलखाको विगु गाउँपालिकाले अबको केही दिनमै बजेट पास गर्ने तयारी रहेको जनाएको छ। जनप्रतिनिधिको व्यस्तताका कारण समयमा बजेट आउन नसकेको पालिकाका प्रवक्ता लोकबहादुर नेपालीले जानकारी दिए।

    बजेट आउन नसकेका स्थानीय तहमा जनप्रतिनिधिबीचको विभिन्न राजनीतिक विवाद तथा बजेट फाँडफाँट लगायतका विषयमा कुरा मिल्न नसक्दा समस्या देखिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑