मन्त्रालयका अनुसार ग्लोबलले सम्बन्धन प्राप्त विश्वविद्यालयको कार्यक्रम सञ्चालन नगरेको, कश्यपको समकक्षतासम्बन्धी विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको र नेपाल एजुकेसन फाउन्डेसन स्थानान्तरण प्रक्रियामा रहेकाले विद्यार्थी भर्ना गर्न नमिल्ने भएको हो । यी कलेजमा सिभिल इन्जिनियरिङ, बीबीए, एमबीए, सूचना प्रविधिलगायत विषय पठनपाठन हुँदै आएको थियो ।
शिक्षा मन्त्रालयले विद्यार्थी भर्ना हुन मिल्ने विदेशी सम्बन्धनका ५६ कलेजको सूचीसमेत सार्वजनिक गरेको छ । मन्त्रालयबाट अनुमति लिएर सञ्चालनमा रहेका, नियमित नवीकरण गरेका, लेखापरीक्षण र कर चुक्ता गरेका, नियमअनुसार कार्यक्रम थपको अनुमति प्राप्त गरेका, त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त गरेका कलेजको सूची सार्वजनिक गरिएको हो ।