• Home
  • election
  • election
  • e-Papper
आज:शुक्रबार २६ बैशाख, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज: पहिरोमा हराएका बस यात्रुका परिवारलाई राहतका लागि कागजात पेस गर्न अनुरोध

  • वीरगंज संजाल
  • २९ श्रावण २०८१, मंगलवार १३:१०
  • ६३७

    वीरगञ्ज । भरतपुर महानगरपालिका-२९ सिमलताल नजिकै पहिरोमा परेर हराइरहेको एञ्जल डिलक्स बसमा सवार मृतक तथा बेपत्ताका परिवारलाई राहतका लागि आवश्यक कागजात पेस गर्न जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ। आज सार्वजनिक सूचना जारी गर्दै कार्यालयले पर्साका चार स्थानीय तहलाई पनि आफ्नो पालिकाका मृतक र बेपत्ता भएका परिवारलाई राहत रकमका लागि आवश्यक कागजातसहित सिफारिस गर्न अनुरोध गरेको छ।

    असार ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले बाढीपहिरो जस्ता विपद्जन्य घटनाका कारण बेपत्ता भई १० दिनसम्म पनि फेला नपरेको अवस्थामा पीडितका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेअनुसार आवश्यक प्रक्रियाअघि बढाइएको कार्यालयले जनाएको छ।

    उक्त बसमा पर्सा जिल्लाका चार पालिकाका १० जना नागरिक सवार रहेका थिए। वीरगञ्ज महानगरपालिका, बहुदरमाई नगरपालिका, पर्सागढी नगरपालिका, र सखुवा प्रसौनी गाउँपालिका यसमा समावेश छन्। मृतक तथा बेपत्ता भएका व्यक्तिहरूमा सुजितकुमार साह, ओमहरि यादव, रैफुल आलम, जवाहीर महतो, हरिन्द्र पण्डित, हृदयनारायण राउत, भगवती देवी, चन्द्रप्रभाकुमारी चौधरी, सलिम मियाँ, र सैनफ खातुन रहेका छन्।

    जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खतिवडाका अनुसार, मृतक तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकमका लागि चारवटै पालिकालाई आवश्यक कागजातसहित सिफारिस गर्न आग्रह गरिएको छ। यसका लागि मृतक तथा बेपत्ता व्यक्तिको परिवारबाट निवेदन, सम्बन्धित वडा कार्यालयको किटानी सिफारिस, मृतकको नागरिकता र मृत्यु दर्ता प्रमाणपत्र, मृतकसँगको नाता प्रमाणित गर्ने कागजात, र नाम थर फरक परेमा सोको किटानी सिफारिस आवश्यक पर्नेछ।

    राहत बुझ्ने मृतकको नजिकका हकदारको नागरिकता, चेकबुक, स्थायी लेखा नम्बरको प्रतिलिपि, र घटनास्थल प्रहरी सर्जमिन मुचुल्का तथा प्रहरी प्रतिवेदन समेत चाहिने छ। नजिकको हकदारमा क्रमशः मृतकको पति वा पत्नी, छोरा वा छोरी, बुवा वा आमा, दाई वा भाईलाई समावेश गरिएको छ।

    एञ्जल डिलक्स बस, जसमा चालकसहित १७ नेपाली र ८ भारतीय नागरिक सवार रहेका थिए, असार २८ गते बिहान भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल नजिकै भेलबाढीले बगाएको थियो। हराइरहेका केही व्यक्तिको शव फेला परे पनि अधिकांश अझै बेपत्ता छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी
  • पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    News

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑