वीरगञ्ज । मधेस प्रदेशमा अहिलेसम्मकै ठूलो आकारको मन्त्रिमण्डल बनेको छ। प्रदेश सरकारका नवनियुक्त ५ राज्यमन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिमण्डलको आकार हालसम्मकै ठूलो बनेको हो।
मंगलबार प्रदेश प्रमुखको कार्यालय जनकपुरधाममा आयोजित एक समारोहका बीच मुख्यमन्त्री सतिशकुमार सिंहले नवनियुक्त राज्यमन्त्रीहरूलाई शपथ गराएका हुन्। मुख्यमन्त्री सिंहले मंगलबार नै यी राज्यमन्त्रीहरूलाई नियुक्त गरेका थिए।
शपथ लिने राज्यमन्त्रीहरूमा एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री मो. जयद आलम, कांग्रेसबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रेखा ठाकुर, उर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्री निलम कुमारी रजक रहेका छन्। त्यस्तै, लोसपाबाट शिक्षा तथा संस्कृति राज्यमन्त्री रामबाबु यादव र जनमतबाट उद्योग पर्यटन राज्यमन्त्री शम्भु साह रहेका छन्।
मधेस प्रदेशमा १२ मन्त्रालय रहेको छ जसमा जनमतले मुख्यमन्त्री बाहेक २ मन्त्रालय, कांग्रेस र एमालेले ४(४ मन्त्रालय, र लोसपाले एक मन्त्रालय सम्हालेको छ। यसअघि नै एमालेका २ र जनमतका एक राज्यमन्त्री नियुक्त भइसकेका थिए। यस नयाँ संरचनासँगै मधेस प्रदेशको मन्त्रिमण्डलले विकासका कार्यहरूमा थप सक्रियता देखाउने अपेक्षा गरिएको छ।