वीरगञ्ज । नेपाल थोपा सिचाइ प्रालिले ३० बर्षदेखि बन्द रहेको वीरगञ्जको कृषि औजार कारखाना पुनः संचालन गराउने अभियानमा सक्रिय सहभागिता जनाएको छ। चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ मा अवस्थित नेपाल थोपा सिचाइ प्रालिले आयोजना गरेको स्वागत तथा शुभकामना कार्यक्रममा सो कम्पनीका कर्मचारीहरुले ५० वटा किताब खरिद गरेका छन्।
कम्पनीका मल्चिङ्ग अपरेटर मिथलेश झाका अनुसार, किताब खरिदबाट कृषि औजार कारखाना संचालन गराउने अभियानमा केही हदसम्म सहयोग पुगेको छ। झाका अनुसार, डा. पुनलाई देशको गहनाको रुपमा सम्मान गर्दै सो कम्पनीले भव्य स्वागत समेत गरेको छ।
गत माघमा कारखानाले पहिलो चरणमा कृषकहरूका लागि आवश्यक साना औजारहरू जस्तै बेल्चा, बन्चरो, कुटो, कोदालो, खुकुरी लगायतका उपकरणको उत्पादन सुरु गरेको थियो। यस कदमले कृषि क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। नेपाल थोपा सिचाइ प्रालिको यो अभियानले देशको कृषि क्षेत्रलाई थप सुदृढ बनाउने र कृषकहरूको जीवनस्तर उकास्न मद्दत पुर्याउने विश्वास गरिएको छ।