वीरगञ्ज । पर्सा जिल्लामा प्रहरीले झण्डै ३८ लाख मूल्य बराबरका औषधी तथा खुद्रा सामान लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ। विशेष सुचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक एरियाबाट प्रहरीले उक्त सामानसहितको ट्रक नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले ना.७ ख १६३१ नम्बरको ट्रक नियन्त्रणमा लिएको जानकारी प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता दीपक भारतीले दिएका छन्। उनका अनुसार प्रहरीले ३७ लाख ६२ हजार ९१६ रुपैयाँ मूल्य बराबरका औषधी तथा खुद्रा सामानहरू लोड गरिएको ट्रक पक्राउ गरेको हो।
प्रहरीका अनुसार बरामद गरिएको सामानसहितको ट्रकलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ। यस प्रकारका अवैध कारोबार नियन्त्रण गर्न प्रहरीले कडा कदम चालेको छ र यसलाई रोक्नका लागि सशक्त रुपमा अघि बढिरहेको जानकारी दिएको छ।