• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतीय र नेपाली मुद्राबीच सन्तुलन: व्यापार र उपभोक्ता दुवै लाभान्वित

  • वीरगंज संजाल
  • २० श्रावण २०८१, आईतवार १०:५९
  • ७९७

    वीरगञ्ज । नेपालको भारतसितको सीमावर्ती क्षेत्रमा केही महिना अघिसम्म अवमूल्यनमा रहेको भारतीय रुपैयाँ अहिले सन्तुलित भएको छ। नेपाल र भारतीय सीमावर्ती बजारमा नेपाली र भारतीय मुद्रा प्रचलनमा रहेको छ। भारतीय सीमावर्ती बजारमा नेपाली मुद्रामा कारोबार वैध छैन भने नेपाली बजारमा पनि भारतीय १ सय रुपैयाँ दरको नोट बाहेक अन्य अवैध छ। तथापि, दुवै देशमा अवैध रहेको मुद्राबाट निर्वाध रूपमा कारोबार भइरहेको छ।

    सीमावर्ती क्षेत्रमा तस्करी बढ्दा मुद्राको सन्तुलन बिग्रने गरेको छ। केही महिना अघिसम्म नेपालबाट सुनलगायत तस्करी भएर भारत जाने मालवस्तु बढेको थियो जसले सीमावर्ती क्षेत्रमा भारतीय मुद्रा कमजोर बनाएको थियो। तर अहिले नेपाल र भारतबीच सरकारीस्तरमा कायम रहेको विनिमय दरमा नै कारोबार भइरहेको छ। भारतीय बजारमा एक सय रुपैयाँको नेपाली एक सय साठी रुपैयाँमा कारोबार हुने गरेको छ भने नेपालमा पनि सोही दरमा भारतीय मुद्रा खरिद गर्न पाइन्छ।

    नेपालको सीमावर्ती बजारमा निर्वाध रूपमा चले पनि भारतीय आन्तरिक बजारमा नेपाली मुद्रा खुल्ला रूपमा चलनचल्तीमा छैन। सीमाक्षेत्रमा मुद्रा सन्तुलित भएपछि कारोबारमा समेत सकारात्मक प्रभाव परेको व्यवसायीहरु बताउँछन्। भारतीय सीमावर्ती बजार वीरगञ्जका व्यवसायी धर्मनाथ सर्राफले मुद्रामा सन्तुलन भएकाले मालसमानको मूल्यमा समेत सन्तुलन कायम भएको बताए। उनले भने, “भारतीय मुद्रा कमजोर भएको बेला सीमावर्ती बजारमा नेपाली मुद्राको माग बढेको थियो, अहिले त्यस्तो समस्या छैन, नेपाली र भारतीय मुद्रामा समान कारोबार भइरहेको छ।”

    सीमा क्षेत्रमा अवैध रूपमा नेपाली र भारुको सटही गर्ने व्यवसायीहरुले पनि कानुनी विनिमय दरकै आधारमा सटही गरिरहेका छन्। नेपालसित सीमा जोडिएका हरेक बजारको नाकामा नेपाली र भारतीय मुद्राको सटही गर्ने व्यवसायीहरु सक्रिय रहने गरेका छन्। कारोबार अवैध भए पनि उनीहरुलाई सीमावर्ती सुरक्षा निकायको पूर्ण संरक्षण रहेकाले खुल्ला रूपमा सटही गरिन्छ। निर्धारित मूल्यमै सटही भए पनि भारतीय मुद्रा आन्तरिक रूपमा केही कमजोर रहेको व्यवसायीहरु बताउँछन्। सटही गर्ने दलालहरुले प्रत्यक्ष रूपमा कमिसन नलिए पनि भारतीय रुपैयाँ उनीहरुले केही सस्तोमा खरिद गर्ने गरेको व्यवसायीहरुले बताए।

    सामान्य उपभोक्तालाई भारतीय बजारमा मालसमान खरिद गर्न नेपालको भन्दा बढी सस्तो परिरहेको छ। तर भारतीय रुपैयाँ मजबुत हुँदा नेपाली उपभोक्ताहरुलाई चर्को मूल्यमा सामान किन्नु पर्ने हुन्छ। सीमावर्ती भारतीय बजारबाट दैनिक उपभोग्यका वस्तु नेपाल ल्याउन सीमा क्षेत्रमा केही खुकुलो गरिएको छ जसबाट उपभोक्ताहरुले केही राहत पाएका छन्। मुद्रामा सन्तुलन र सीमाक्षेत्रमा सहजताले सामान्य उपभोक्ताहरु लाभान्वित भइरहेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • असार १५ मा १ अर्ब ४० करोड रुपैयाँ बराबरको दहीको कारोबार हुने अपेक्षा
  • रौतहटका पाँच पालिकाले ल्याउन सकेनन् बजेट
  • दश लाख रुपियाँ सहित एक जना पक्राउ
  • युवकको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    असार १५ मा १ अर्ब ४० करोड रुपैयाँ बराबरको दहीको कारोबार हुने अपेक्षा

    रौतहटका पाँच पालिकाले ल्याउन सकेनन् बजेट

    दश लाख रुपियाँ सहित एक जना पक्राउ

    युवकको हत्या

    गहवामाईको रथयात्रा भव्य रूपमा सम्पन्न

    भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबिच भिडन्त, दुई जनाको मृत्यु

    बिमा रकमबाट जीवन सहज

    स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    असुरक्षित बन्दै सप्तरी, रोकिएन शृङ्खलाबद्ध हत्या

    असार १५ मा १ अर्ब ४० करोड रुपैयाँ बराबरको दहीको कारोबार हुने अपेक्षा

    रौतहटका पाँच पालिकाले ल्याउन सकेनन् बजेट

    दश लाख रुपियाँ सहित एक जना पक्राउ

    युवकको हत्या

    गहवामाईको रथयात्रा भव्य रूपमा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    असार १५ मा १ अर्ब ४० करोड रुपैयाँ बराबरको दहीको कारोबार हुने अपेक्षा

    News

    रौतहटका पाँच पालिकाले ल्याउन सकेनन् बजेट

    News

    दश लाख रुपियाँ सहित एक जना पक्राउ

    News

    युवकको हत्या

    News

    गहवामाईको रथयात्रा भव्य रूपमा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑