• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:सोमबार ०६ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हैजा के कारणले हुन्छ र यसबाट कसरी जोगिन सकिन्छ

  • वीरगंज संजाल
  • १९ श्रावण २०८१, शनिबार ११:५१
  • १००९

    हैजा जीवाणु (ब्याक्टेरिया)मार्फत् हुने एक किसिमको सङ्क्रमण हो। यसले पखाला लाग्ने र शरीरमा पानीको कमी हुने हुन्छ।

    यो रोगको सजिलै उपचार हुन्छ। तर यदि उपचार नगरिए केही घण्टामै यसका कारण मृत्यु पनि हुन सक्छ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हैजालाई “गरिबीको रोग” भनी व्याख्या गरेको छ। यसले सफा पानी र आधारभूत सरसफाइ नभएका ठाउँमा बस्ने मानिसहरूलाई बढी असर गर्छ।

    अफ्रिका र एशियाका विभिन्न देश तथा क्यारिबीअन क्षेत्रको हेइटीमा बस्ने मानिसहरू यसबाट बढी प्रभावित भएको पाइएको छ।

    डब्ल्यूएचओको अनुमानअनुसार प्रत्येक वर्ष यो रोगका करिब १३ देखि ४० लाख बिरामीहरू देखिन्छन् र विश्वभरि २१ हजारदेखि १४३,००० मानिसहरूको मृत्यु हुने गर्छ।

    हैजा के कारण हुन्छ?

    ‘भिब्रिओ कोलरी’ भनिने ब्याक्टेरियाका कारण हैजाको सङ्क्रमण हुन्छ।

    यसले सानो आन्द्रामा विषाक्त पदार्थ बनाउँछ, जसका कारण शरीरले धेरै मात्रामा पानी निकाल्छ। त्यसले गर्दा पखाला लाग्छ र गम्भीर अवस्थामा शरीरबाट धेरै मात्रामा नुन तथा तरल पदार्थ बाहिर निस्किन्छ।

    सङ्क्रमण भएको खास गरी १२ घण्टादेखि पाँच दिनभित्र लक्षण देखिन्छन्।

    यद्यपि डब्ल्यूएचओका अनुसार सङ्क्रमित ८० प्रतिशतभन्दा बढी मानिसमा लक्षण देखिँदैन।

    लक्षण देखिने २० देखि ३० प्रतिशतमा भने केही दिनभित्रै पखाला लाग्ने र शरीरमा पानीको मात्रा असाध्यै कम हुने हुन्छ। यदि यसको उपचार नगरिए यसका कारण मानिसको मृत्यु नै हुन सक्छ।

    लक्षणहरू केके हुन्?

    हैजाको सङ्क्रमण भएपछि देखिने लक्षणहरू यस प्रकार छन्:

    • पखाला लाग्नु र सेतो पातलो दिसा हुनु (यसलाई ‘चौलानीजस्तो’ भनेर पनि व्याख्या गरिन्छ)
    • बिरामी हुनु वा बिरामी भएको जस्तो महसुस हुनु (घण्टौँसम्म बान्ता हुनु, खास गरी सङ्क्रमणको प्रारम्भिक चरणमै हुने गर्छ)
    • पेट दुख्नु
    • खुट्टा दुख्नु
    • लक्षण देखिएको केही घण्टाभित्र नै शरीरमा पानीको कमी हुन्छ र त्यो सामान्यदेखि गम्भीर अवस्थामा पुग्छ। शरीरमा पानी कम हुनुको सङ्केतहरूमा थकान, गाडिएका आँखा, सुख्खा मुख, एकदमै प्यास लाग्नु, छाला सुख्खा हुनु, पिसाब नलाग्नु, रक्तचाप कम हुनु र अनियमित मुटुको धड्कन पर्छन्।

    शरीरमा पानी कम हुँदा त्यसले रगतमा खनिज पदार्थ एकदमै कम भएर जान्छ। यसलाई ‘इलेक्ट्रलाइट असन्तुलन’ भन्छन्।

    लक्षणहरू के-के हुन्?

    मध्यम खालको पखाला लाग्नुलाई हैजा भनेर अन्य बिमारीसँग झुक्किएको हुन सक्छ।

    घानाका लागि ‘वाटरएड’की स्वास्थ्य नीति विज्ञ आइरिन ओवुसु-पोकुले प्रयोगशालाको अनुसन्धानबाट मात्रै हैजाको पहिचान हुने बताइन्। तर “सङ्केतहरू भने सबैले स्पष्ट नियाल्न सक्छन्,” उनले भनिन्।

    “यदि तपाईँ बारम्बार शौचालयको प्रयोग गर्नुपर्छ, पखाला लागेको छ र बान्ता हुन्छ अनि पेट दुखेको छ र यो क्रम तीन दिनसम्म देखियो भने तपाईँले हैजा भएको शङ्कामा अस्पतालमा देखाउनुपर्छ”, उनले थपिन्।

    हैजा कसरी फैलिन्छ?

    भिब्रिओ कोलरी नामक जीवाणुका कारण दूषित भएको खाना खाए वा पानी पिए हैजा लाग्छ।

    लक्षण नदेखिने बिरामीहरूले अरूलाई सङ्क्रमित गर्ने जोखिम उच्च रहन्छ किनभने उनीहरूले आफू सङ्क्रमित भएको एकदेखि १० दिनसम्म दिसाबाट अरूमा जीवाणु सार्न सक्छ्न।

    आइरिनका अनुसार लक्षण नदेखिएका बिरामीहरूले पनि जीवाणुलाई खुल्ला शौच हुने क्षेत्रबाट अन्य व्यक्तिमा सार्न सक्छन् किनभने त्यहाँ सरसफाइका उपाय अनि सफा पानीको पहुँच त्यति हुँदैन।

    विश्व स्वास्थ्य सङ्गठनले त्यसरी सङ्क्रमित व्यक्तिको दिसा वा बान्ताबाट आफूलाई हैजा सर्ला भनेर सचेत हुनुपर्ने बताएको छ। त्यसबाहेक हैजाका कारण मृत्यु भएको शरीरबाट पनि जोगिनुपर्ने जनाएको छ।

    हैजा कसरी फैलिन्छ?

    तपाईँ आफूलाई सङ्क्रमणबाट कसरी जोगाउन सक्नुहुन्छ?

    यूकेको न्याश्नल हेल्थ सर्भिस (एचएचएस) ले हैजा भेटिएको क्षेत्रमा जाँदा कसरी जोगिने भनेर सुझावहरू दिएको छ :

    • खास गरी शौचालय गएपछि र खाना पकाउनु तथा खाना खानुअगाडि साबुनपानीले निरन्तर हात धुनुपर्छ।
    • सफा पानी मात्रै पिउनुहोस्, अनि सम्भव भएसम्म उमालेको पानी पिउनुहोस्।
    • दाँत माझ्दा पनि खानेपानी प्रयोग गर्नुहोस्।
    • नपाकेको फल वा नपकाइएको तरकारी नखानुहोस्। खानेपानीले त्यसलाई राम्ररी पखाल्ने गर्नुहोस्।
    • ‘सीफूड’ नखानुहोस्।
    • पानीमा बरफ नहाल्नुहोस्।
    • केरा, सुन्तला र आभकाडोजस्ता फलफूल खाँदा आफैँले त्यसको बोक्रा छोडाउनुस्। बेरी वा अङ्गुरजस्ता बोक्रा नभएका फलफूल र सलादहरू पनि नखानुहोस्।

    सजिलै उपचार हुन सक्ने रोग

    हैजाको उपचार सहजै गर्न सकिन्छ। ‘ओआरएस’ अर्थात् ‘जीवनजल’लगायतका पदार्थ पिएर शरीरमा पानीको मात्रा बढाउनुपर्छ।

    डब्ल्यूएचओको मापदण्डअनुसार ‘ओआरएस’को एउटा प्याकेटमा भएको पाउडरलाई एक लिटर सफा पानीमा मिसाउनुपर्छ।

    उसका अनुसार ‘ओआरएस’ स्वास्थ्यकर्मीबाट लिन सकिन्छ वा घरमै पनि नुन र चिनी मिसाएर बनाउन सकिन्छ। त्यसरी घरमा बनाउँदा एक लिटर पानीमा छ चिया चम्चा चिनी र एक चम्चा नुन मिसाएर बनाउनुपर्छ।

    वयस्कलाई मध्यम स्तरमा शरीरमा पानीको कमी हुँदा पहिलो दिनमा छ लिटरसम्म जीवनजल चाहिन सक्छ।

    केही बिरामीलाई भने ‘इन्ट्राभीनस रिहाइड्रेशन’जस्तो थप उपचार पनि आवश्यक पर्न सक्छ।

    पखालाको अवधि घटाउनका लागि बिरामीलाई उचित खालको एन्टिबायोटिक औषधि पनि दिइन्छ, जसले गर्दा पानीको आवश्यकतासँगै हैजा सङ्क्रमण गराउने ब्याक्टेरियाको मात्रा र अवधि कम हुन्छ।

    उचित स्याहार गर्दा धेरै मानिसहरू हैजाबाट छिट्टै निको हुन्छन् र उपचार गर्न गएकाहरू पनि तीन दिनभित्रै अस्पतालबाट उपचार गरेर घर जान पाउँछन्।

    हैजा उन्मूलन

    धाराको पानी पिउँदै अफ्रिकी बालिका

    तस्बिर स्रोत,Getty Images

    तस्बिरको क्याप्शन,डब्ल्यूएचओले उमालेको बोतलको वा धाराको सफा पानी मात्रै पिउन सुझाएको छ

    आइरिनका अनुसार सरकारहरूले “खास गरी कम र मध्य-आय भएका देशहरूमा सफा पानी, सरसफाइ र स्वच्छतामा लगानी गर्नुपर्छ।”

    डब्ल्यूएचओ र युनिसेफको एक संयुक्त प्रतिवेदनले सन् २०२२ मा यस्तो अनुमान गरेको थियो :

    • विश्वभरिमा २.२ अर्ब मानिसहरूका लागि अझै पनि सुरक्षित र पिउनयोग्य पानी आफ्नो घरमा उपलब्ध छैन
    • त्यसै गरी ३.५ अर्ब मानिसहरूको अझै पनि व्यवस्थित शौचालयमा पहुँच छैन। त्यसमध्ये ४१ करोड भन्दा बढी मानिसहरू त खुल्ला क्षेत्रमै शौच गर्छन्।
    • दुई अर्ब मानिसहरूको घरमा साबुन पानीले हात धुनेजस्ता आधारभूत सरसफाइको सुविधा छैन।

    सन् २०१७ को अक्टोबरमा ५० भन्दा बढी संस्थाहरू (गैरसरकारी संस्था, शैक्षिक संस्था, संयुक्त राष्ट्रसङ्घका निकाय) को साझेदारी रहेको ‘ग्लोबल टास्क फोर्स अन कोलेरा कन्ट्रोल (जीटीएफसीसी)’ ले हैजा नियन्त्रणसम्बन्धी रणनीति ल्याएको थियो।

    उक्त समूहले हैजाका कारण हुने मृत्यु ९० प्रतिशतले कम गर्ने र सन् २०३० सम्ममा २० वटा देशहरूमा हैजा उन्मूलन गर्ने लक्ष्य राखेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑