• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जको २४ करोड बजेट फ्रीज

  • वीरगंज संजाल
  • १७ श्रावण २०८१, बिहीबार १२:४४
  • १३७७

    वीरगञ्ज । सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, वीरगञ्जले चालु आर्थिक वर्ष २०८०/८१ मा रु २४ करोड बजेट खर्च गर्न नसकेर फ्रीज भएको छ। पर्सा जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार उक्त रकम फिर्ता भएको हो।

    कोलेनिका, पर्साका प्रमुख यज्ञराज उप्रेतीले जानकारी दिए अनुसार कार्यालयले कुल बजेटको मात्र ७०.३५ प्रतिशत खर्च गर्न सकेको छ। सरकारबाट प्राप्त चालुतर्फको रु १ करोड ७८ लाख ७४ हजार र पूँजीगततर्फको रु ८० करोड ७३ लाख ७० हजारमध्ये चालुतर्फ रु १ करोड ४० लाख ७२ हजार र पूँजीगततर्फ रु ५६ करोड ६५ लाख ४४ हजार गरी कुल रु ५८ करोड ६ लाख १६ हजार २४३ मात्र खर्च भएको छ।

    कार्यालयले रु २४ करोड ४६ लाख २८ हजार बजेट खर्च गर्न नसकेर फिर्ता भएको प्रमुख उप्रेतीले बताए। कार्यालयको कार्यसम्पादनमा तदारूकता नदेखिएकाले तथा बजेट अनुसार योजना सही समयमा सञ्चालन गर्न उदासीनता देखिएकाले यस्तो अवस्था आएको कार्यालय स्रोतले बताएको छ

    सङ्घ सरकार मातहत रहेको यो कार्यालयका प्रमुख विनोद सिंह हुन्, जो एक वर्षदेखि कार्यालय प्रमुखमा रहेका छन्। तर, उनी धेरैजसो समय राजनीतिक दलका नेताहरूको चाकडीमा बिताउने गरेको आरोप कर्मचारीहरूले लगाएका छन्। कार्यालयका अधिकांश आयोजना रौतहटमा पारेर आर्थिक लाभ लिएको बुझिएको छ।

    शहरी विकास मन्त्रीमा हाल नेपाली काङ्ग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह छन्, जबकि यस अघि नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वाला थिए। मन्त्रीदेखि सचिवसम्मलाई रिझाएर उनले मनपरी गर्ने गरेको कर्मचारीहरूले बताएका छन्। शहरी विकास मन्त्री प्रभु साह हुँदा कार्यालय प्रमुख सिंहले रौतहटको मौलापुरमा दर्जनौं क्रमागत योजनाहरू राखेका थिए, जसको कारण अधिकांश बजेट रौतहटको मौलापुरमा खर्च भइरहेको छ।

    मौलापुरमा सय बिघा जग्गालाई प्लटिङ गरी चक्लाबन्दी गरी नयाँ शहर स्थापनाका लागि करोडौंको बजेट खर्च भइरहेको पनि कार्यालय स्रोतले जनाएको छ। यसमा हालका शहरी विकास मन्त्री तथा सरोकारवालाहरूले ध्यान दिनुपर्ने कर्मचारीहरूको भनाइ छ। यस विषयमा कार्यालय प्रमुख सिंहले कुनै प्रतिक्रिया दिन चाहेनन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑