बारा । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष नन्दकिशोरप्रसाद जयसवालका १९ वर्षीय छोरा दीपककुमार जयसवालको करेन्ट लागेर मृत्यु भएको छ।
स्थानीय प्रहरीका अनुसार, घटना अमरपुरमा भएको हो। दीपक जयसवाल मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै नजिकैको क्लिनिकमा उपचारका लागि लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको हो।
यस घटनाले सम्पूर्ण गाउँमा शोकको वातावरण छाएको छ। स्थानीयबासीले जयसवाल परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्। प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।