वीरगञ्ज | पर्सा, बडेर्वा गाउँ: वन गस्ती टोलीले बडेर्वा गाउँमा गए राति तीन थान सालको काठ र दुई वटा मोटरसाइकल बरामद गरेको छ। बिन्दबासिनी कोईलाभार साझेदारी बन क्षेत्रको गुलेरिया बाट कटान गरिएको सालको काठ दुई वटा मोटरसाइकलमा लोड गरि डोकैला बहुवरी तर्फको फर्निचरमा लैजाँदै गरेको अवस्थामा टोलीले बरामद गरेको हो।
सब डिभिजन वन कार्यालय बडनिहारका जमदार जितबहादुर तामाङको नेतृत्वमा खटिएको टोलीले ना २ प ५७८ र ना ७ प ९८८४ नम्बरका मोटरसाइकलमा लोड गरिएको करिब १२ क्युफिट सालको काठ बरामद गरेको हो। काठ तस्कर र बन कर्मी बिच झडप पनि भएको र गाउलेहरुले बन कर्मीमाथि आक्रमण गरेपछि तस्करहरु काठ र मोटरसाइकल छाडेर भाग्न सफल भएका थिए।
जमदार तामाङका अनुसार तस्करहरुको पहिचान भईसकेको छ र तिनिहरुको खोजी कार्य जारी छ। बरामद गरिएको काठ र मोटरसाइकललाई आवस्यक कार्वाहीको लागि सब डिभिजन वन कार्यालय बडनिहारमा राखिएको छ। यस घटनाले वन तस्करीको चुनौतीलाई फेरि उजागर गरेको छ र बन संरक्षणको लागि थप प्रयास आवश्यक रहेको देखाएको छ।