• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निजगढ स्मार्ट सिटी कार्यक्रम अन्तर्गत मापदण्ड विपरीत सडक निर्माण

  • वीरगंज संजाल
  • १६ श्रावण २०८१, बुधबार ११:२७
  • ११९७

    वीरगंज | शहरी विकास कार्यालय वीरगञ्जमार्फत निजगढ स्मार्ट सिटी कार्यक्रम अन्तर्गत निजगढमा मापदण्ड विपरीत सडक निर्माण भएको पाइएको छ। कार्यालयले बज्रगुरु निर्माण कन्ट्रक्शन काठमाण्डौमार्फत नगरपालिकाको वडा नम्बर ६, ७, र ९ को विभिन्न क्षेत्रमा निर्माण गरिरहेको करिब ७ किमी सडक मापदण्ड विपरीत निर्माण भइरहेको हो।

    निर्माण कम्पनीसँग भएको सम्झौतामा सडकमा परेका विजुली र टेलिफोन लाइनका पोल हटाएर सडक बाहिर गाढ्नु पर्ने प्रावधान भए पनि निर्माण कम्पनीले सडकको पेटी र नालाभित्रै पोल राखेर सडक निर्माण गरेको छ। साविकको सडक क्षेत्रभित्र परेका पोलहरू स्थानान्तरण नगरी निर्माण कम्पनीले सडक निर्माण गरेपछि स्थानीयले मापदण्डअनुसार सडक निर्माण गर्न माग गर्दै आएका छन्।

    “सडक निर्माण गर्दा सडक, नाला र पेटीमा परेका पोलहरू हटाउनुपर्ने प्रावधान छ,” निजगढ नगरपालिका वडा नम्बर ७ का वडा सदस्य दिलबहादुर मगरले भन्नुभयो, “तर सम्झौताविपरीत ठेकेदारले सडक निर्माण कार्य जारी राखेको छ।” उहाँका अनुसार पहिले सडक किनारमा रहेका पोलहरू मध्ये अधिकांश पोल अहिले नालाभित्र र केही सडकको बिच भागमा समेत परेका छन्। पटकपटक सुझाव दिँदा पनि कम्पनीले सडक र नालामा परेका पोल हटाउने बारेमा चासो नदेखाएको उहाँले सुनाउनुभयो।

    स्मार्ट सिटी कार्यक्रम अन्तर्गत निजगढ ९ को तेर्सा लाइन, निजगढ ७ को माझी टोलदेखि भ्याकुरे टोल हुँदै योजना टोलसम्म र निजगढ ६ को धियाल टोलबाट राममन्दीरसम्म निर्माण भएको सो सडकमा परेका अधिकांश पोलहरूलाई यथावत राखेर सडक कालोपत्रे गरिएको छ। यसले नगरको सुन्दरता बिगार्नुको साथै दुर्घटना जोखिमसमेत बढाएको वडा सदस्य थापा मगरले बताउनुभयो।

    “नालामा परेको पोल खिया लागेर छिट्टै ढल्नसक्छ र यसबाट धनजनको क्षति हुनसक्छ,” उहाँले भन्नुभयो, “मापदण्ड विपरीत सडक निर्माणले नगरको सुन्दरतामात्रै होइन, जनधनको असुरक्षा समेत बढाएको छ।”

    यसअघि मापदण्ड विपरीत सोही सडकमा सोलार बत्ती जडान गरिएको भन्दै स्थानीयले विरोध जनाएपछि कम्पनी मापदण्डअनुसार बत्ती जडान गर्न बाध्य भएको थियो। एउटा पोलबाट अर्को पोलसम्म ५०-६० मिटरको दुरीमा बत्ती जडान गर्नुपर्ने प्रावधान भए पनि कम्पनीले १ सय मिटरदेखि १५० मिटरसम्मको दुरीमा राख्ने प्रयास गरेपछि स्थानीयले विरोध गरेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑