• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्यामा विश्वासपात्रकै संलग्नता

  • वीरगंज संजाल
  • १५ श्रावण २०८१, मंगलवार १०:३५
  • ७७३

    सर्लाही । “कस माथि विश्वास गर्ने कस माथि विश्वास नगर्ने” आफ्नै मानिसबाट विश्वासघातको खतरा हुने गर्दछ, भनाईलाई चरितार्थ गर्दै सर्लाही प्रहरीको अनुसन्धानबाट यस्तै रह्योघाटन भएका छन् ।

    पूर्व राज्यमन्त्री एवं राप्रपाका केन्द्रीय सदस्य रामचन्द्र रायको हत्यामा उनकै घरमा काम गर्ने व्यक्तिको हात रहेको अनुसन्धानले देखाएपछि पुनः विश्वासपात्र माथिको भरोसालाई डगमागाइदिएको रह्योघाटन सर्लाही प्रहरीले अनुसन्धानको क्रममा पत्ता लगाएर सर्वाजनीक गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीको मलंगवा स्थित कार्यालयमा सोमवार साँझ आयोजना गरिएको पत्रकार सम्मेलनको माध्यमबाट राज्यमन्त्री रायको हत्यामा विश्वासपत्रद्धारा भएको सार्वजनिक गरियो । रायको हत्यामा संलग्न दुई जनालाई सर्लाही प्रहरीले सार्वजनिक गरे ।

    चन्द्रनगर गाउँपालिका वडा नम्वर १ रतनपुर स्थित घरमा ८० बर्षिय रामचन्द्र रायलाई साउन ७ गते राति साढे १२ बजेको समयमा ओछ्यानमै धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा शव बरामद भएका थिए ।

    रायको घरमा विगत १० वर्षदेखि भान्से सहित घरका आवश्यक अन्य काम गर्दै आएका कविलासी नगरपालिका वडा नम्वर ३ तथा हाल चन्द्रनगर गापा १ रतनपुर बस्दै आउका २५ वर्षीय राम उजैन रायले हत्या गरेको प्रहरी अनुसन्धानबाट देखिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सर्लाहीका प्रहरी प्रमुख एसपी रवीन्द्र कुमार सिंहले बताए ।

    रामउजैन संगै चन्द्रनगर गाउँपालिका १ रतनपुरका ४६ वर्षीय वीरेन्द्र रायले नै योजनाबद्ध तवरबाट पूर्व राज्यमन्त्री रायको हत्या गरेको उनले भने । वीरेन्द्र राय र पूर्व राज्यमन्त्री बिच जग्गाको विवाद रहेको तथा वीरेन्द्र रायले नै हत्या गर्न लगाएको अनुसन्धानबाट देखिएको एसपी सिंहले जानकारी दिए ।

    वीरेन्द्र राय र पूर्व राज्यमन्त्री राय छिमेकी सँधियार भएको तथा वीरेन्द्रको दृष्टिमा पूर्व राज्यमन्त्री रायले आफ्नो जग्गा मिचेको देखिएपछि भनसुन भए तर छोड्न नमानेपछि विरेन्द्रले टन्टै साफ गर्ने योजनामा लागे । वीरेन्द्रले आफूलाई पूर्व राज्यमन्त्रीको अगाडि बोल्न तथा आफ्नो कुरा राख्न सक्ने हिम्मत नभएकोले हत्याको योजना बनाएको प्रहरी समक्ष स्वीकार गरेको प्रहरीले दाबी गरेको छ ।

    दश वर्षभन्दा लामो समयदेखि विश्वासपात्रको रुपमा काम गरिरहेका राम उजैन रायलाई प्रलोभनमा पारेर हत्या गर्न लगाएको देखिएको प्रहरीको भनाइ छ । पूर्व राज्यमन्त्री रायको हत्या गरेमा दुई लाख रुपैया नगद दिने तथा व्यवसाय गर्न फर्मसमेत बनाइदिने प्रलोभन दिएको र सोही प्रलोभनमा परेर विश्वासपात्र राम उजैनले पूर्व राज्यमन्त्रीको हत्या गरेको बयानमा पीडकले भनेको प्रहरीको दाबी छ ।

    विश्वासपात्र राम उजैनले गत साउन ७ गते राति पूर्व राज्यमन्त्री राय निदाइसकेको मौका छोपी धारिलो हतियार (दबिया) ले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरेपछि राम उजैनले नै पौने १ बजे राति इलाका प्रहरी कार्यालय केशरगंज ईश्वरपुरलाई पूर्व राज्यमन्त्री रायको हत्या भएको जानकारी गराएका थिए ।

    घटना भएको राति ९ बजेतिर तिन जना नचिनेको मानिस आएको र आफूलाई सुत्न पठाएको बताउँदै मध्यरातमा उठेर हेर्दा पूर्व राज्यमन्त्री रायको हत्या भएर मृत अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरेको बयान राम उजैन रायले दिएका थिए ।

    घटनाका दुवै अभियुक्तलाई नियन्त्रणमा लिएर सर्लाही जिल्ला अदालतबाट कत्र्तव्य ज्यान कसुरमा १० दिनको म्याद थप गराएर अनुसन्धान भइरहेको एसपी सिंहले जानकारी दिए ।

    स्मरणीय छ, राज्य मन्त्री रायको हत्या भएकै दिन अभियुक्त रामउजैनलाई प्रहरीले नियन्त्रणा राखेर सोधपुछ गरिरहेका थिए । उनकै वयानका आधारमा विरेन्द्र रायलाई प्रहरीले नियन्त्रणमा लिई निरन्तर रुपमा अनुसन्धान गरिरहे तर यसैविचमा तिन दिन अघि काठमाडौंबाट संचालन एक अनलाईनमा आफनै मानिसबाट रायको हत्या भएको समाचार बाहिरिनुबाट सर्लाही प्रहरीको अनुसन्धान माथि प्रश्न चिन्ह् खडा भएको कतिपय जानकारहरु बताउँछन् ।

    ८० बर्षिय वृद्धलाई जग्गा विवादमा विश्वसपात्रबाट हत्या गराउने कुरालाई गम्भीर भएर प्रहरी अझै अनुसन्धान गर्नुपर्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑