वीरगञ्ज । नयाँ कदम नेपालको आयोजनामा सरसफाई तथा आयुर्वेदिक चियापान कार्यक्रम सम्पन्न भएको छ। ‘आयुर्वेद अपनाइँ, आयु बढाई’ भन्ने नारासहित बाराको कलैयास्थित सिद्धेश्वर विद्यालयको प्राङ्गणमा सरसफाईसँगै चियापान कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रञ्जीत कुमार पाण्डेले गरेका थिए। विद्यालय परिसरमा सरसफाई सकिएपछि एक सय जनालाई आयुर्वेदिक चिया पिलाइएको छ।
सो अवसरमा नयाँ कदम नेपालका उपाध्यक्ष मनिष दुबे, सचिव अनुराधा अधिकारी, कोषाध्यक्ष अजय कुमार दुबे, सदस्यहरु मोहनदास तत्मा, कृष्णा अधिकारी, अमृता चौधरी लगायतको उपस्थिति रहेको थियो।
नयाँ कदम नेपालले यसअघि विरुवा रोप्नेदेखि लिएर विरुवा रोप्नका लागि प्रेरित गर्न विरुवा वितरण लगायतका कार्यक्रम गर्दै आएको छ।
सस्थाले विभिन्न सामाजिक र वातावरणीय कार्यक्रमहरू आयोजना गर्दै आएको छ, जसमा वृक्षारोपण, सफाइ अभियान, र जनचेतना फैलाउने क्रियाकलापहरू सामेल छन्। यस पटकको कार्यक्रमले पनि जनताको स्वास्थ्य र सफाईप्रति सचेतना जगाउने प्रयास गरेको छ।
कार्यक्रमको मुख्य उद्देश्य विद्यालयको वातावरणलाई सफा राख्नुका साथै आयुर्वेदिक चियाको महत्वबारे जानकारी दिनु रहेको थियो।
कार्यक्रमका सहभागीहरूले आयुर्वेदिक चियाको स्वाद लिंदै यसले स्वास्थ्यमा पुर्याउने फाइदाबारे जानकारी पाए। आयोजकहरूले आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।
सस्थाका पदाधिकारीहरूका अनुसार, नयाँ कदम नेपालले भविष्यमा पनि यस्तै सामाजिक र स्वास्थ्यसम्बन्धी क्रियाकलापहरू आयोजना गर्दै जानेछ।