बारा | आज मिति २०८१ साल श्रावण १२ गते शनिबारका दिन Pariwartan Nepal Foundation का पदाधिकारी र सदस्यहरु लाई इलाका प्रहरी कार्यालय सिमरा बारा का कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक श्री चिरंजीवी दाहाल द्वारा “LIFE STYLE AND STRESS MANAGEMENT” विषयमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
यस कार्यक्रममा उपस्थित सहभागीहरुलाई स्वास्थ्यकर जीवनशैली अपनाउने तरिका, मानसिक स्वास्थ्यको महत्व, तथा तनाव व्यवस्थापनका विविध विधिहरुका बारेमा जानकारी दिइयो। दाहालले प्रशिक्षणका क्रममा तनावको प्रभावलाई कम गर्न सकिने उपायहरु, नियमित शारीरिक व्यायाम, योगा, ध्यान, र स्वस्थ खानपानका महत्वबारे समेत चर्चा गरे।
प्रशिक्षण कार्यक्रममा Pariwartan Nepal Foundation का पदाधिकारी र सदस्यहरुले निकै उत्साहपूर्वक सहभागिता जनाएका थिए। सहभागीहरुले प्रशिक्षणबाट प्राप्त ज्ञानलाई व्यक्तिगत र व्यावसायिक जीवनमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमको अन्त्यमा सहभागीहरुसँग अन्तरक्रिया गर्दै, प्रहरी नायब उपरीक्षक दाहालले प्रशिक्षणको नियमित अभ्यासले मात्र सकारात्मक परिणाम दिने बताए।
यस प्रशिक्षणले सहभागीहरुमा तनाव व्यवस्थापन सम्बन्धी चेतना अभिवृद्धि गराउने विश्वास गरिएको छ। यस्तो खालको कार्यक्रमले समाजमा स्वस्थकर जीवनशैली अपनाउन प्रेरणा दिने विश्वास Pariwartan Nepal Foundation ले लिएको छ। संस्थाले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्ने योजना बनाएको जानकारी गराएको छ।