• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विवाहित महिलाहरूबिचको सौन्दर्य प्रतियोगिता मिसेस् नेपाल वर्ल्डको आवेदन खुल्ला

  • वीरगंज संजाल
  • ११ श्रावण २०८१, शुक्रबार १४:५३
  • ८२५

    वीरगंज | विवाहित महिलाहरूबिचको सौन्दर्य प्रतियोगिता मिसेस् नेपाल वर्ल्ड २०२४ को लागि बिहीबारबाट आवेदन खुल्ला भएको छ। बिहीबार काठमाडौंको कमलादीस्थित स्काई वाक टावरमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था रिबन इन्टरटेनमेन्टले मिसेस् नेपाल वर्ल्डका लागि आवेदन खुल्ला गरिएको जानकारी गराएको हो।

    आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले नयाँ संस्करणको मिसेस् नेपाल वर्ल्ड २०२४ आगामी कात्तिक १० गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बताए। यसका लागि आगामी भाद्र ८ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटेलमा पहिलो चरणको अडिसन गरिनेछ।

    यस वर्ष पनि मिसेस् नेपाल वर्ल्डको विजेताले अमेरिकामा हुने मिसेस् वर्ल्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने जानकारी गराइएको छ। साथै, सोही मञ्चमा मिसेस् नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता समेत चयन गरिने झाले जानकारी गराए। “यस पटक हामी केही परिमार्जित र फरक किसिमले कार्यक्रम गर्ने छौँ। जुन, महिला सशक्तीकरणका लागि उपलब्धिमूलक कार्यक्रम साबित हुनेछ,” उनले भने।

    कार्यक्रममा मिसेस् नेपाल वर्ल्ड २०२३ तथा मिसेस् वर्ल्डकी ह्युमेनेटेरियन अवार्ड २०२३ विजेता पृथ्वीया थापाले यस प्रतियोगिताले विवाहित र विभिन्न पेसामा आबद्ध महिलालाई थप माथि उठ्ने मौका दिने बताइन्। उनले मिसेस् नेपाल वर्ल्ड २०२३ को हैसियतले आफूले अमेरिकामा सम्पन्न मिसेस् वर्ल्डमा सहभागी भएर मिसेस् ह्युमेनेटेरियनको उपाधि जित्दाको अनुभव शेयर गर्दै मिसेस् नेपाल वर्ल्डमा सहभागी भएपश्चात् आफूले विभिन्न सङ्घ संस्थामा आबद्ध भई बालबालिकाका क्षेत्रमा काम गर्दै आएको बताइन्।

    त्यस्तै, एमएस नेपाल २०२३ सिता सुवेदीले विवाहित महिलालाई अगाडि बढ्नका लागि मिसेस् वर्ल्ड निकै उपयोगी मञ्च भएको बताइन्। “यो प्लेटफर्म नभएको भए शायद मैले यो यात्रा सुरु गर्न सक्दिनथेँ होला। प्रतियोगिताको विजेता बन्नु भनेको टाइटल जित्नु मात्र नभई व्यक्तित्व विकास तथा आफूमा भएका कमीकमजोरीलाई निखार्दै अगाडि बढ्ने कला सिक्नु पनि हो” कत्थक नृत्याङ्गना समेत रहेकी सिताले आफूले विभिन्न अप्ठेरोलाई चिर्दै मेहनत गर्दै गएर एमएस नेपालको उपाधि जितेको अनुभव सुनाउँदै प्रतिस्पर्धामा सबै प्रतिस्पर्धीलाई समान अवसर र तालिम दिइने गरेको अनुभव भएको बताइन्।

    प्रतियोगिताका कोरियोग्राफर आश्विनी कान्त झाले मिसेस् नेपाल वर्ल्डलाई यस पटक बृहत् ढङ्गले आयोजना गर्न लागेको बताए। “हामी मिसेस् नेपालको विजेतालाई अमेरिकामा हुने मिसेस् वर्ल्डको अन्तर्राष्ट्रिय संस्करणमा नेपालको प्रतिनिधित्व गर्न पठाउँछौँ। नेपाली समुदाय र सङ्घ संस्थाहरूसँग समन्वय र सहज वातावरण तय गर्नका लागि म केही समय अमेरिका गएर हालै फर्किएको छु। त्यस आधारमा मिसेस् वर्ल्डको यात्रा हाम्रा लागि अझै सहज हुने विश्वास लिएको छु,” उनले भने।

    प्रतियोगिताका सल्लाहकार तथा पत्रकार विदुर गिरीले मिसेस् नेपाल वर्ल्डले प्रत्येक वर्ष उचाइ लिइरहेको चर्चा गर्दै आगामी कार्यक्रमले थप उचाइ लियोस् भन्दै शुभकामना दिए। स्काई वाक टावरका प्रमुख कार्यकारी अधिकृत कवीन्द्र श्रेष्ठले विवाहपछि महिलाहरू अगाडि बढ्न असजिलो हुन्छ भनिने नेपाली समाजमा रिबन इन्टरटेनमेन्टले विवाहित महिलाका लागि आयोजना गर्दै आइरहेको कार्यक्रममा जोडिन पाउँदा खुसी व्यक्त गरे। कार्यक्रममा स्काई भ्यु टावरको टुप्पोबाट मिसेस् नेपाल वर्ल्डको ब्यानर प्रदर्शन गरिएको थियो।

    आयोजक संस्थाका अनुसार मिसेस् नेपाल इन्टरनेसनल र एमएस इन्टरनेशनलको विजेतालाई सिङ्गापुरमा हुने प्रतियोगितामा सहभागिताको लागि अवसर मिलाइएको छ। सम्राट् शाह र रानी खरेलको संयोजनमा हुने प्रतियोगिताका लागि विभिन्न विधाका विज्ञहरूले प्रशिक्षण दिनेछन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑