• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बिआईटी कलेजमा विभिन्न प्रजातीका विरुवा रोपियो

  • वीरगंज संजाल
  • १० श्रावण २०८१, बिहीबार १३:११
  • १५४९

    वीरगञ्ज । वीरगञ्जस्थित बिआईटी इन्जिनियरिङ् कलेजमा बिहीवार बिहान विभिन्न प्रजातीका विरुवाहरू रोपिएको छ। कलेज परिसरमा आयोजित यो कार्यक्रममा भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत देवी सहाय मिनाले विरुवा रोपेर कार्यक्रमको उद्घाटन गरे।

    कार्यक्रममा महावाणिज्य दूत मिनाले विद्यालय, संघ-संस्था र व्यक्तिगत स्तरमा विरुवा रोप्नुपर्ने आवश्यकतामाथि जोड दिए। जलवायु परिवर्तनको संकटलाई कम गर्न विरुवा रोप्नुको विकल्प नरहेको उनले बताए। उनले भने, “प्राकृतिक सन्तुलन कायम राख्न र पृथ्वीलाई हराभरा बनाउन विरुवा रोप्नु अति आवश्यक छ।”

    बिआईटी कलेजका परीक्षा प्रमुख पवन बस्नेतले कलेज परिसरमा निम, आवला, बेल, अनार, सिसी, गुल मोहर, जाकरन्दा, कदम, सखुवा, अम्बा, अर्जुन लगायतका ५० थान विरुवा रोपिएको जानकारी दिए। बस्नेतका अनुसार, विरुवाले वातावरणमा कार्बन डाइअक्साइडको अवशोषण गर्ने र आवश्यक अक्सिजनको उत्पादनमा महत्वपूर्ण भूमिका खेल्छन्।

    कलेजका प्रिन्सीपल निरज श्रीवास्तवले प्राकृतिक वातावरणको सन्तुलन कायम राख्न सबैले विरुवा रोप्नुपर्ने बताए। उनले भने, “विरुवाले कार्बन डाइअक्साइडलाई अवशोषित गरेर हामीलाई अक्सिजन दिन्छन्, जसले गर्दा वातावरण स्वच्छ र हराभरा हुन्छ।”

    कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, महिला नेतृ तथा समाजसेवी रम्भा मिश्रा, राजेश आर्य, पर्सा क्रिकेट एशोसिएसन संघका अध्यक्ष ई. मनिष सिंह, आरके शर्मा, सरिता जैसवाल, जयप्रकाश बिराजी, नवलकिशोर सिंह, अवधकिशोर सिंह, पवन सिंह लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा सहभागीहरूले विरुवा रोप्ने महत्वमाथि चर्चा गरे र यस किसिमका गतिविधिले पर्यावरणीय संकटलाई कम गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे। सबैले सामूहिक प्रयासबाट मात्रै वातावरणीय सन्तुलन कायम गर्न सकिने धारणा राखे।

    कार्यक्रममा उपस्थित समाजसेवी रम्भा मिश्राले समाजमा पर्यावरणीय सचेतना बढाउन आवश्यक रहेको बताइन्। उनले भनिन्, “हामी सबैले मिलेर हाम्रा वरपरका क्षेत्रमा विरुवा रोप्नुपर्छ, यसले हाम्रो वातावरणलाई सुधार्नेछ र भावी पुस्तालाई स्वच्छ हावा र स्वस्थ वातावरण प्रदान गर्नेछ।”

    कार्यक्रमको अन्त्यमा उपस्थित सबैले मिलेर विरुवाहरूको हेरचाह र संरक्षणको प्रतिबद्धता व्यक्त गरे। कलेजका विद्यार्थीहरूले पनि यो अभियानमा सक्रिय सहभागीता जनाए र भविष्यमा पनि यस किसिमका कार्यक्रमहरूमा संलग्न रहन उत्साह देखाए।

    यस किसिमका अभियानहरूले स्थानीय समुदायमा हरियालीको महत्त्वबारे सचेतना फैलाउन सहयोग गर्नेछ भन्ने विश्वास कलेज प्रशासनले व्यक्त गरेको छ। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सबै सहभागीहरूले खुशी व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑