• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    किन एक्लिए उपेन्द्र यादव ?

  • वीरगंज संजाल
  • ९ श्रावण २०८१, बुधबार ११:४७
  • ७९७

    वीरगंज । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादवको प्रेस सल्लाहकार रही सकेका वरिष्ठ पत्रकार सीताराम आग्रहरीले मंगलबार आफ्नो फेसबुकमा लेखेका छन्, ‘जसपा नेपाल र उपेन्द्रजी समक्ष एउटा ठुलो अवसर आएको थियो । कुनै कुनै दुःख पनि केही दिन आउँछ । विपत्ति पनि एउटा अवसर हो । मलाई लाग्दछ उपेन्द्रजी यो अवसरमा नराम्ररी चुक्दै हुनुहुन्छ ।’

    जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको निकट मानिएका पत्रकार अग्रहरीले फेसबुकमा लेखिएको यो कुराले जसपा नेपाल कति अप्ठ्यारोमा छ भन्ने प्रस्ट सङ्केत गरेको छ ।

    उपेन्द्र यादव कांग्रेससँग जानु ठिक थियो तर एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्न नहुने अग्रहरीको तर्क छ । अहिले जसपा नेपाल यसरी ढलेको छ कि हत्तपत्त उठ्न गाह्रो देखिएको पनि उनको विश्लेषण छ ।

    अग्रहरीका अनुसार सङ्कटमा परेपछि आफ्नो वास्तविक दक्षता साबित गर्ने अवसर पनि प्राप्त हुन्छ । तर जसपा नेपालको हकमा यो सङ्कट सामना गरेर अघि बढ्ने सम्भावना अहिलेसम्म आफूले नदेखेको उनले बताए । ‘सबै आलोचनाको जवाफ एक्सनले दिन सक्षम र सफल हुने सम्भावना यस पटक गाह्रो छ,’ उनले भने, ‘किनभने नीति र निर्णयहरू डरले निर्देशित देखिन्छ उपेन्द्रजीको ।’

    वरिष्ठ पत्रकार अग्रहरीले भनेजस्तै जसपा नेपाल अहिले चौतर्फी घेराबन्दीमा छ । जसपा नेपाल अहिले न सत्ता पक्ष, न त प्रतिपक्ष जस्तो अवस्थामा छ । उपेन्द्र यादवलाई अहिले न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्याएका छन्, न त एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ।

    कांग्रेस–एमाले गठबन्धनले लोसपालाई मात्र सरकारमा सामेल गर्यो । जनमत पार्टीलाई एमालेले गठबन्धनमा सहभागी गरायो भने लोसपालाई कांग्रेसले । तर जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीलाई कसैले सरकारमा लिएनन् ।
    एमाले–कांग्रेसको गठबन्धन बन्दा सबैभन्दा पहिले समर्थन गर्ने दल नै जसपा नेपाल थियो । समर्थनमात्र होइन, उनले साउन ६ गते विश्वासको मत पनि दिइसके । तर उनी गठबन्धनमा छन् कि छैनन् भन्ने स्पष्ट भइसकेको छैन । केही दिन पहिले गठबन्धनको बारेमा जिज्ञासा राख्दा उनले भनेका थिए, ‘अहिले कुनै गठबन्धन बनेको छैन । कांग्रेस र एमालेबिच भएको एउटा समझदारी हो । त्यही समझदारीको आधारमा सरकार बनेको हो, जसलाई हामीले बाहिरबाट समर्थन गरेका छौँ ।’

    अध्यक्ष उपेन्द्र यादवको यो भनाइबाट उनी अहिलेको सत्ता गठबन्धनप्रति त्यति सकारात्मक छैनन् भन्ने बुझ्न सकिन्छ । एमाले–माओवादीको गठबन्धनको सरकार हुँदा जसपा नेपालका अध्यक्ष यादव विपक्षी गठबन्धन कांग्रेसको साथमा थिए । कांग्रेसले एमालेसँग गठबन्धन बनाएपछि जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति तथा राप्रपा पनि सोही गठबन्धनमा गएको चर्चा सुरु भएको थियो ।

    तर ती दलमध्ये कांग्रेस–एमाले गठबन्धनले लोसपालाई मात्र सरकारमा सामेल गर्यो । जनमत पार्टीलाई एमालेले गठबन्धनमा सहभागी गरायो भने लोसपालाई कांग्रेसले । तर जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीलाई कसैले सरकारमा लिएनन् ।

    मधेस प्रदेशमा विपक्षमा

    संघीय सरकारमा जसपा नेपाललाई सहभागी नगराएपछि सो दलले पनि मधेस प्रदेशमा गठबन्धनलाई साथ दिएन । जनमत पार्टीको नेतृत्वमा बनेको सरकारको विपक्षमा उभियो जसपा नेपाल ।

    कांग्रेस, एमाले, माओवादीसँग मात्र होइन, एकताका लागि एक समय प्रक्रिया सुरु गरिसकेको नेकपा एकीकृत समाजवादीसँग पनि अहिले जसपा नेपालको सम्बन्ध छैन । मधेस केन्द्रित दलमध्ये जनमत पार्टी, लोसपा पनि जसपा नेपालको विपक्षमा छन् ।
    कांग्रेस–एमाले गठबन्धनसँग जसपा नेपालले मधेस प्रदेश सरकारमा दाबी गरेको थियो । बरु संघीय सरकार चाहिँदैन, तर मधेस प्रदेश सरकार आफूलाई दिन जसपा नेपालको जोड थियो । जसपा नेपालको मागमा कांग्रेस सकारात्मक देखिए पनि एमालेले जनमत पार्टी नेतृत्वकै मधेस प्रदेश सरकारलाई निरन्तरता दिने भनेको थियो । त्यसपछि जसपा नेपाल विपक्षमा बस्ने निर्णय गर्न बाध्य भयो ।

    जसपा नेपाल मधेस प्रदेशका संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री सरोज यादवले जनमत पार्टीले सरकार चलाउनुभन्दा पनि स्टन्टबाजी गर्ने गरेका कारण आफूहरूले समर्थन नगरेको बताए । उनले भने, ‘विगतमा जनमत पार्टीले मेरो नेतृत्वको सरकारमा सहभागी भएर पनि असहयोग गरेको थियो । संसद चल्न दिएन, हरेक कुरामा अवरोध सिर्जना गर्थ्यो । सप्तरीमा कृषि विश्वविद्यालय भवनको शिलान्यास हुँदा गरेको हर्कत सबैलाई थाहै छ । सरकार र गठबन्धनमा रहेर पनि सधैँ हामीलाई असहयोग गरेका कारण पनि जसपा नेपालले मधेस प्रदेश सरकारलाई साथ नदिएको हो ।’

    जसपा नेपालले मधेस प्रदेशमा मात्र होइन, अहिलेसम्म अन्य प्रदेशमा पनि सरकारमा रहने कि नरहने भन्नेबारे निर्णय लिएको छैन ।

    दलहरूसँग छैन सम्बन्ध

    कांग्रेस, एमाले, माओवादीसँग मात्र होइन, एकताका लागि एक समय प्रक्रिया सुरु गरिसकेको नेकपा एकीकृत समाजवादीसँग पनि अहिले जसपा नेपालको सम्बन्ध छैन । मधेस केन्द्रित दलमध्ये जनमत पार्टी, लोसपा पनि जसपा नेपालको विपक्षमा छन् ।

    मधेसमा जनमत पार्टीले जसपा नेपाललाई ठाउँठाउँमा घेरा हालेको छ भने केन्द्रमा लोसपा नेपालले उसको बाटो अवरोध गरेर बसेको छ । जसपा नेपाल विभाजन भएपछि तत्कालीन एमाले–माओवादी केन्द्र नेतृत्व सरकारबाट समर्थन फिर्ता लिएका अध्यक्ष यादवले त्यही दिन लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई उनको घरमै गएर भेट गरी सहकार्यका लागि आग्रह गरेका थिए ।

    लोसपाका अध्यक्ष महन्थ ठाकुरबाट ‘हेर्छु’ (देखेंगे) भन्ने जवाफ पाएका अध्यक्ष यादव र ठाकुरबिच त्यसपछि वार्ता भएन ।]

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा नेपालका अध्यक्ष यादवबिच अहिले बोलचाल पनि छैन । समाजवादी मोर्चामा उपेन्द्र यादवका लागि कुर्सी खाली राखेको कुरा पनि अहिले चर्चामा छ । उपेन्द्र यादवलाई कांग्रेस र एमालेले नपत्याएपछि अन्तिममा प्रचण्डसँगै सहकार्य हुने धेरैको बुझाइ छ ।
    जनमत पार्टीसँग जसपा नेपालको ३६ को आँकडा छ । नागरिक उन्मुक्ति पार्टी श्रीमान्–श्रीमतीको विवादमा अल्झेको छ । त्यसैले नागरिक उन्मुक्तिसँग सहकार्यका बारे कुरा गर्ने सम्भावना नै छैन । पछिल्लो समय सबै दलसँग सहकार्य टुटेको जसपा नेपालको आगामी रणनीति के हुने हो भन्ने अझै स्पष्ट भएको छैन ।

    २०६५ देखि संसदीय राजनीति सुरु गरेका अध्यक्ष यादवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको साथ कहिले छाडेका थिएनन् । हरेक मोर्चामा एकले अर्कालाई साथ दिँदै आएका थिए । जनाकारहरूको बुझाइ अनुसार माओवादीका अध्यक्ष प्रचण्डले साथ दिएसम्म उपेन्द्र यादवको शक्ति मधेसमा देखिएको थियो । प्रचण्डले साथ छाडेपछि उनको यो हालत भएको हो ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा नेपालका अध्यक्ष यादवबिच अहिले बोलचाल पनि छैन । समाजवादी मोर्चामा उपेन्द्र यादवका लागि कुर्सी खाली राखेको कुरा पनि अहिले चर्चामा छ । उपेन्द्र यादवलाई कांग्रेस र एमालेले नपत्याएपछि अन्तिममा प्रचण्डसँगै सहकार्य हुने धेरैको बुझाइ छ ।

    पार्टीमा पनि त्यस्तै

    महाधिवेशन सम्पन्न गरेको एक महिनापछि केन्द्रीय समितिको घोषणा गरे पनि कार्यकारिणी समितिले अझै पूर्णता पाएको छैन भने कार्यसमितिमा पदाधिकारीको अझै टुङ्गो लागेको छैन । पार्टीका नेताहरू अलमलमा छन् ।

    पदाधिकारी चयनदेखि कार्यसमितिको पूर्णता लगायतको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवको काँधमा छ । पार्टीका नेताहरू अध्यक्ष यादवको निर्णयलाई कुरेर बसेका छन् ।

    महाधिवेशनपछि पार्टी पनि सक्रिय भएको छैन भने उता विभिन्न दलको घेराबन्दीमा जसपा नेपाल परेको छ । त्यसले गर्दा जसपा नेपाल यतिखेर राजनीतिबाट एक्लिँदै गरेको टिप्पणी भइरहेको छ ।

    तर जसपा नेपालका कार्यकारिणी सदस्य एवं राष्ट्रिय सभाका सदस्य मृगेन्द्रसिंह यादवले जसपा नेपाल सधैँ एक्लै रहेको र अहिले पनि एक्लै देखिएको बताए । जसपा नेपाल आफैँमा एउटा शक्ति रहेका कारण कसैको साथ नचाहिएको उनको भनाइ छ ।

    जसपा नेपालका नेता मृगेन्द्रसिंह यादवसँग रातोपाटीको सवाल–जवाफ

    अहिले तपाईंहरू (जसपा नेपाल) नेपाली राजनीतिमा एक्लो देखिनु भएको छ नि ?

    कहाँ एक्लो देख्नुभयो तपाईंले ? जसपा नेपालले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गरेर अस्ति प्रधानमन्त्रीलाई विश्वासको मत पनि दिइसकेको छ । सरकारको साथमा छौँ । अनि कसरी एक्लो भन्नुहुन्छ ?

    समर्थन गरे पनि सरकारमा जानुभएन नि त ?

    सरकारमा जानु नै जरुरी छ र ? सरकारमा गएपछि साथ रहने नगएपछि सान नरहने भन्ने कुरा हुँदैन । हामीले बाहिरबाट समर्थन गरेका छौँ । कांग्रेस–एमालेले संविधान संशोधन गर्न तयार भएपछि हामीले समर्थन गरेका हौँ । संविधान संशोधनको विषय स्पष्ट नभएसम्म हामीले बाहिरबाट समर्थन गर्ने हो । संविधान संशोधन भएपछि मात्र सरकारमा जाने÷नजाने कुरा हुन्छ ।

    जसपा नेपाललाई सरकारमै लगेनन् भनिन्छ नि, के यो सही हो ?

    तपाईंलाई विश्वास लाग्छ ? जसपा नेपाल सरकारमा जान चाहेको भए जाँदैनथ्यो ? हामी सरकारमा नगएकै हो । पहिलो चरणमा बाहिरबाट समर्थन गर्ने । पछि काम हरेरमात्र सरकारको बारेमा निर्णय लिन्छौँ ।

    संघमा गठबन्धनको सरकारलाई समर्थन गर्नुभयो तर प्रदेशमा त्यही गठबन्धन सरकारको विरुद्धमा जानुभयो, किन ?

    मधेस प्रदेशमा गठबन्धनको सरकार होइन । यो गठबन्धन बन्नुभन्दा पहिलेदेखि नै त्यहाँ जनमत नेतृत्वमा सरकार बनेको थियो । त्यही भएर हामीले साथ नदिएको हो । जनमत पार्टीले हामीलाई अछुतो बुझ्छ, हामीसँग त्यो पार्टीले नै सहकार्य गर्न चाहेको छैन । हामीलाई विगतमा असहयोग नै गर्दैथियो । हामीले मधेस प्रदेश सरकारको कामलाई पनि नजिकबाट नियालिरहेका छौँ ।

    जसपा नेपालको कुनै दलसँग राम्रो सम्बन्ध छैन, एक्लिँदै गइरहेको छ, दलहरूको घेराबन्दीमा परेको भनिन्छ । तपाईंहरूको बुझाइ कस्तो छ ?

    जसपा नेपाल आजमात्र होइन, सधैँ घेराबन्दीमै हो तर ती सबै घेराबन्दी तोड्दै आफ्नो पोजिसन बनाइरहेका हुन्छौँ । जसपा नेपाल स्थापना भएदेखि नै राज्यदेखि अन्य शक्तिको निशानामा रहँदै आएको हो । यो हाम्रो लागि कुनै ठुलो कुरा होइन । जसपा नेपाल आफ्नो मिसनमा आगडि बढिरहेको छ । जुन दलसँग विचार, सिद्धान्त मिल्छ, त्यो दलसँग सहकार्य हुन्छ । नमिल्नेसँग हुँदैन । आफ्नो मिसनमा एक्लै अगाडि बढ्छ ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग त्यत्रो लामो सहकार्य कसरी टुट्यो ?

    मुद्दा र एजेण्डामा माओवादीसँग हाम्रो सहकार्य थियो । दुवै पार्टी लामो संघर्ष गरेर आएको कारणले धेरै कुरा मिल्थ्यो । त्यही भएर सहकार्य भइरहेको हो तर अहिले माओवादीले ती सबै छाडेको छ । त्यही भएर हामी साथमा छैनौँ । जुन दिन सुध्रेर आउँछन्, त्यो दिन हामी विचार गरौँला । माओवादीले सबैभन्दा ठुलो गल्ती हाम्रो पार्टी विभाजन गरेर गरेको हो । त्यसमा गल्ती गरेको हो भनी स्वीकार गर्नुपर्छ उसले ।

    पार्टी केन्द्रीय समितिले पूर्णता पाएको छैन, कहिले पूर्णता पाउँछ ?

    अध्यक्षज्यूले गृहकार्य गर्दै हुनुहुन्छ । चाँडै हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • लागूऔषधसहित युवक रौतहटमा पक्राउ
  • बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
  • चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !

    भारतबाट उद्धार गरिएका युवक भन्छन्: ‘तालिमको नाममा पैसा लुटे, कोठामा थुनेर पिटे’

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    News

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    News

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    News

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑