• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्ज नाकामा घट्यो लागू औषध ओसार पसारको कारोबार

  • वीरगंज संजाल
  • ८ श्रावण २०८१, मंगलवार १६:३७
  • ६८९

    वीरगन्ज | पछिल्लो केहि वर्षयता लागू औषध ओसारपसारको ट्रान्जिट प्वाइन्ट नै बन्दै गएकोे वीरगन्ज नाकामा गत वर्ष भने लागू औषधको ओसार पसारको अवैध कारोबारमा कमी आएको प्रहरीको तथ्यांकले देखाएको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको लागू औषधको वार्षिक प्रगति विवरणसम्बन्धि तथ्यांकमा गत आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा लागू औषधको ओसारपसार र त्यसमा संलग्न रही पक्राउ परेकाहरुको संख्या घटेको उल्लेख छ ।

    अघिल्लो आर्थिक वर्ष २०७९/८० मा वीरगन्ज नाकाबाट प्रहरीले लागू औषध गाँजा १ हजार १६५ केजी,चरेस १ सय १४ केजी , खैरो हेरोइन (ब्राउन सुगर) ५५ सय ८१ ग्राम बरामद गरेको थियो । यस्तै फेनरागन ७ हजार ४८९ पिस ,डाइजेल्याब १० हजार ४८१ पिस ,नुर्फिन ८ हजार ८४० पिस र नाइट्रोभेट २७ हजार ७४३ पिस र कोरेक्स ४ हजार ५६८ बोत्तल प्रहरीले बरामद गरेको थियो ।

    तर गत आर्थिक वर्ष २०८०/८१ मा प्रहरीले वीरगन्ज नाकाबाट लागू औषध गाँजा ४ सय १० केजी, चरेस ९१ केजी , खैरो हेरोइन (ब्राउन सुगर) ७ सय ५७ ग्राम बरामद गरेको छ । यस्तै लागू औषध फेनरागन ६ हजार ३१६ पिस ,डाइजेल्याब ६ हजार ३३० पिस ,नुर्फिन ६ हजार ३१६ पिस, नाइट्रोभेट ११ हजार ५६३ पिस र कोरेक्स १ हजार ३७० बोत्तल प्रहरीले बरामद गरेको पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिए ।

    जिल्ल प्रहरी कार्यालय पर्साका अनुसार, आर्थिक वर्ष २०७९/८० मा लागू औषधको ओसपसार र कारोबारमा संलग्न ४ सय ३७ जना पक्राउ परेका थिए ।यस्तै उक्त आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय पर्सामा लागू औषधसम्बन्धि ३ सय २ वटा मुद्धा दर्ता भएको थियो ।तर गत आर्थिक वर्ष २०८०/८१ मा लागू औषधको ओसपसार र कारोबारमा संलग्न २ सय ८० जनामात्र पक्राउ परेका छन् । यस्तै प्रहरी कार्यालयमा लागू औषधसम्बन्धि २ सय ४ वटामात्र मुद्धा दर्ता भएको प्रहरी उपरीक्षक ढुंगेलले जानकारी गराए।

    प्रहरी उपरीक्षक ढुंगेलले वीरगन्ज नाकामा प्रहरीले लागू औषध ओसार गर्ने विरुद्ध सकृयता र निगरानी बढाएका कारण लागू औषधको ओसारपसारको गैरकानुनी कारोबारमा कमी आएको हुनसक्ने बताए ।यसका साथै वीरगन्जसंगै जिल्लाका अन्य स–साना नाकामापनि प्रहरीको सकृयता र निगरानी बढेपछि लागू औषध कारोबारीहरुले वीरगन्ज नाका छाडेर अन्य जिल्लाका नाका प्रयोग गरेको हुनसक्ने उनको आशंका छ ।

    यता लागू औषध दुव्र्यसन विरुद्ध वर्षौदेखि काम गर्दै आएको गैरसरकारी संस्था सानो पाइलाका संस्थापक कञ्चन झाले भने वीरगन्ज नाकाबाट गत वर्ष लागू औषधको ओसार पसारको गैर कानूनी कारोबारमा कमी आएको प्रहरीको तथ्यांकले देखाएपनि लागू औषधको सेवनकर्ताको संख्या भने बढ्दो क्रममा रहेको बताए ।

    उनले भने,‘प्रहरीले बरामद गरेको लागू औषधको परिमाण र ओसार पसारमा संलग्न रही पक्राउ परेकाहरुको संख्या घटेको देखिएपनि सेवनकर्ताको संख्या भने समग्र रुपमा बढ्दो क्रममा छ ।शायद वीरगन्ज नाकामा प्रहरीको निगरानी बढेका कारणले ओसार पसारमा संलग्न कारोबारीहरु अरु नाकामा डाइभर्ट भएको हुनसक्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • लागूऔषधसहित युवक रौतहटमा पक्राउ
  • बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
  • चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !

    भारतबाट उद्धार गरिएका युवक भन्छन्: ‘तालिमको नाममा पैसा लुटे, कोठामा थुनेर पिटे’

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    News

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    News

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    News

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑