• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आफ्नै सरकारविरुद्ध प्रदर्शन गर्ने ५७ जना बङ्गलादेशीलाई युएईले हाल्यो जेल

  • वीरगंज संजाल
  • ८ श्रावण २०८१, मंगलवार १२:१८
  • ७४९

    वीरगंज । संयुक्त अरब इमिरेट्स (यूएई)को एक अदालतले ५७ जना बङ्गलादेशीलाई जेल हालेको छ । आफ्नै सरकारविरुद्ध विरोध प्रदर्शन गरेको भन्दै उनीहरूलाई जेल सजाय सुनाइएको हो । शुक्रबार यूएईभरका कयौं सडकमा दङ्गा भड्काएको भन्दै तीन जनालाई आजीवन कारावासको सजाय सुनाइएको सरकारी समाचार संस्था वामले एक समाचारमा भनेको छ ।

    ५३ जनालाई भने १० वर्षको जेल सजाय तोकिएको छ । अर्को एक जनालाई ११ वर्षको जेल सजाय दिइएको छ । अदालतले नियुक्त गरेको प्रतिवादीका वकिलले भने आरोपीहरू भेला हुनुको पछाडि कुनै आपराधिक इरादा नरहेको र उनीहरूमाथि लगाइएको आरोपको प्रमाण पर्याप्त नभएको भनेका थिए ।

    वामका अनुसार उनीहरूमाथि बङ्गलादेशी सरकारले गरेको निर्णयको विरोधमा युएईका विभिन्न सडकमा बृहत् स्तरमा प्रदर्शन गरेको आरोप थियो । यसका कारण दङ्गा भएको, सार्वजनिक सुरक्षामा खलल उत्पन्न भएको, कानुनको पालनामा अवरोध उत्पन्न भएको र सार्वजनिक र निजी सम्पत्तिमा खतरा उत्पन्न भएको अदालतले भनेको छ ।

    प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर हुन आदेश दिएको भएपनि तर उनीहरूले नमानेको बताइएको छ । जेल सजाय पूरा भएपछि उनीहरूलाई स्वदेश फिर्ता पठाउन आदेश दिइएको छ । बङ्गलादेश सरकारले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । तर दुबईमा रहेको कन्सुलेटले भने सामाजिक सञ्जालको एक पोस्टमा आफ्ना नागरिकहरूलाई आइतबार स्थानीय कानुनको सम्मान गर्न आग्रह गरेको थियो ।

    यो कदमको एम्नेस्टी इन्टरनेशनले आलोचना गरेको छ । युएईमा विरोध प्रदर्शन पूर्णतः गैरकानूनी छ । त्यहाँको ९० प्रतिशत जनसङ्ख्या विदेशी हुन् । बङ्गलादेशीहरू त्यहाँको तेस्रो ठुलो आप्रवासी समूह हुन् । सरकारी जागिरमा आरक्षणको विरोधमा देशभरमा भइरहेको हिंसात्मक विरोध प्रदर्शनमा बङ्गलादेशमा अहिलेसम्म १५० जनाभन्दा धेरैको मृत्यु भइसकेको छ भने हजारौँ घाइते भएका छन् । ५०० जना पक्राउ परेका छन् ।

    सोमबार प्रदर्शनरत विद्यार्थी समूहका नेताहरूले सरकारलाई देशव्यापी कर्फ्यू हटाउन र इन्टरनेट सेवा सुचारु गर्न ४८ घन्टे अल्टिमेटम दिएका थिए । उनीहरूले प्रदर्शनकारीविरुद्ध हिंसा प्रयोग गरेको आरोप लागेका अधिकारीहरूको राजीनामा पनि मागेका छन् । विद्यार्थीहरूको विरोध प्रदर्शन विगत १५ वर्षयता सत्तामा रहेकी प्रधानमन्त्री शेख हसिनाले सामना गरेको यो अहिलेसम्मको सबैभन्दा गम्भीर चुनौतीमध्ये एक हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑