पर्सा । रामनिवास पटेल । पर्साको बर्वाटाँडीमा आयोजित प्रथम टि-२० नक आउट क्रिकेट प्रतियोगितामा सोमबार भएको खेलमा बागेश्वरी चैनपुरले जिङ्ग्ना पचरुखीलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिता जितेको छ।
पर्सागढी नगरपालिका वार्ड नम्बर ४ बर्वाटाँडीमा भएको फाइनल खेलमा पर्सागढी नगरपालिका वार्ड नम्बर ७ बागेश्वरी चैनपुरले जिङ्ग्ना पचरुखीलाई ९० रनले हराउँदै प्रथम टि-२० नक आउट क्रिकेट प्रतियोगितामा विजयी भएको छ।
टस जितेर बलिङ्ग गर्ने निर्णय गरेको जिङ्ग्ना पचरुखीले २० ओभरमा ९ विकेट लिएर १२३ रन दिएको थियो। बागेश्वरी चैनपुरका मितलेश यादवले सर्वाधिक रन बनाए। जवाफमा, जिङ्ग्ना पचरुखीले १२ ओभरमा १० विकेट गुमाएर ३३ रनमै समेटियो।
प्रतियोगितामा तेजनारायन महतो ‘प्लेयर अफ दी म्याच’ र मितलेश यादव ‘प्लेयर अफ द सिरिज’ घोषित भए। प्रतियोगितामा प्रमुख अतिथि जनमत पार्टीका केन्द्रीय सदस्य राजेश चौरसिया थिए।