• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रामचन्द्र रायको हत्या आरोपमा घरेलु युवकलाई पक्राउ

  • वीरगंज संजाल
  • ८ श्रावण २०८१, मंगलवार ११:३६
  • ८६९

    सर्लाही । सर्लाहीमा पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गएराति करिब १ बजे सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमा ८० वर्षीय पूर्वमन्त्री रायको हत्या भएको सर्लाही प्रहरीले जनाएको छ ।

    घरमा एक्लै सुतेको बेला राति १ बजेतर्फ उखु काट्ने फर्साले टाउकोमा प्रहार गरी हत्या भएको अवस्थामा शव फेला परेको सर्लाही प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । घटनास्थलमा प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल र सर्लाहीका एसपी रवीन्द्रबहादुर सिंहसहितको प्रहरी टोली पुगेर अनुसन्धान समेत थालेका छन् ।

    यता पूर्वमन्त्री रायको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सर्लाहीका एसपी रवीन्द्रबहादुर सिंहले घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको बताए । मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद रायका दाजुसमेत रहेका पूर्वमन्त्री राय धान रोपाइँको लागि एक सातादेखि चन्द्रनगरस्थित घरमा बस्दै आएका थिए ।

    पूर्वमन्त्री राय पत्नीसहितका परिवारजन भने काठमाण्डुमा बस्दै आएको प्रहरीले जनाएको छ । उनी एकजना आफन्तसमेत रहेका कामदार युवकसँगै घरमा बस्दै आएका थिए । कामदार रामउजेन रायले राति १ बजे स्थानीय प्रहरीलाई घटनाबारे खबर गरेपछि मलंगवाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । कुराकानी गर्न भन्दै गएराति ९ बजेतर्फ अपरिचित तीन जना युवक घरमा आएपछि पूर्वमन्त्री रायले कामदार रामउजेनलाई छतमाथि गएर सुत्न भनेका थिए ।

    उनले गएराति १ बजेतर्फ उठेर हेर्दा पूर्वमन्त्री रायलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार पूर्वमन्त्री रायको हत्या अनुसन्धानमा पक्राउ परेका रामउजेनले दिउँसो मलंगवा नगरपालिका– ४ स्थित घर आएर पुनः चन्द्रनगर फर्किएको अनुसन्धानबाट देखिएको छ ।

    कामदार रामउजेनले प्रहरीलाई बताएअनुसार तीन जना अपरिचित युवकहरु भेट्न आउँदा पूर्वमन्त्री रायले आफूलाई बाहिर गएर बस्न भनेपछि आफू कोठाको छतमा गएर सुतेको र गएराति १ बजेतर्फ पुनः कोठामा गएर हेर्दा उनको हत्या भएको अवस्थामा देखेँ । स्थानीयका अनुसार केही व्व्यक्तिले जग्गा सम्बन्धी विवादका कारण भन्दै पूर्वमन्त्री रायसंग कुराकानी गर्न आउने नाममा हत्या गरेको आशंका गरेका छन् ।

    त्यस्तै केही व्यक्तिले हिजो पूर्वमन्त्री रायले मलंगवास्थित बैंकबाट एक लाख पचास हजार रुपैयाँ झिकेर रत्नपुर आएका थिए । सो पैसा लुट्नका लागि हत्या भएको हुन सक्ने अनुमान गरेका छन् ।

    पूर्वमन्त्री राय २०५६ सालमा भएको आम निर्वाचनमा सर्लाही– ३ बाट निर्वाचित भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहको शासन कालमा केही महिना भूमिसुधार राज्यमन्त्री भएका थिए । त्यतिबेला उनी राप्रपाबाट निर्वाचित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑