बारा । लोकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष एवं प्रदेश सांसद जितेन्द्र सोनलले प्रसौनी गाउँपालिका वडा नम्बर १ का ताराचन पटेल र उनकी श्रीमती कुश्मी देवी पटेल, तथा बिश्रामपुर गाउँपालिका वार्ड नम्बर ३ निवासी प्रमानन्द पण्डितका परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन्।
वीरगञ्जबाट काठमाडौं जाने क्रममा सिमताल भन्ने ठाउँमा बस पहिरोमा परेर त्रिशुली नदीमा खस्दा उनीहरुको मृत्यु भएको थियो।
सांसद सोनलले आफ्नो तलबबाट नगद आर्थिक सहयोग प्रदान गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।
भेटघाटका क्रममा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष भोला गुप्ता, सुरेश गुप्ता, राजेन्द्र साह, प्रभु दास, सोनु साह, बिश्रामपुर गाउँपालिका अध्यक्ष जुबेर अली भुटो, लोसपा नेता कृष्ण साह, विजय पण्डित, र सन्तोष पटेललगायत सहभागी थिए।
सांसद सोनलको यो कदमले शोकमा डुबेका परिवारलाई थोरै भए पनि राहत मिलेको छ र समाजमा सकारात्मक संदेश प्रवाह भएको छ।