वीरगञ्ज । आदर्शनगर स्थित माँ दुर्गा रोड क्यारियर्समा प्रहरीको छापामा २० लाख २ हजार पाँचसय मूल्य बराबरका भन्सार छलिका सामान बरामद गरिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीसमा सुरक्षा गुल्म वीरगञ्जका सशस्त्र प्रहरी नायव उपरीक्षक विश्वराज योन्जनको कमाण्डमा खटिएको टोली र वीरगञ्ज भन्सार कार्यालयका नायव सुब्बा विष्णु प्रसाद चौधरी सहितको संयुक्त टोलीले उक्त छापा मारेका हुन्।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी र भन्सार कर्मचारीहरुको संयुक्त टोलीले छापा मारी भारतबाट अबैध रूपमा भन्सार छलि ल्याइएको र गोदाममा भण्डारण गरिएको आलमण्ड, छोकडा, काजु, कपडा तथा मिटमसलाका सामानहरू बरामद गरेको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक देवेंद्र सिंहले जानकारी दिएका छन्।
बरामद गरिएका सामानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नम्बर १३ गण हेडक्वाटर पर्साले जनाएको छ।