• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तीन वर्षमा पर्साबाट हराए ९ सय ५१ जना, हराउनेमा बढी बालिका

  • वीरगंज संजाल
  • ६ श्रावण २०८१, आईतवार २१:०५
  • १२६५

    वीरगञ्ज । पछिल्लो समय पर्सा जिल्लामा मानिस हराउने क्रम बढ्दो छ । प्रहरीको एक तथ्यांकले जिल्लामा मानिस हराउने सङख्या बढ्दो क्रममा देखाएको छ । पछिल्लो तीन वर्षमा मात्र साढे ९ सय भन्दा बढी व्यक्ति हराएका छन् । आव ०७८/०७९ देखि ०८०/०८१ सम्ममा ९५१ जना मानिस जिल्लाभरिबाट हराएको प्रहरी आँकडा छ । प्रहरीको विवरणमा ०७८/०७९ मा २९०, ०७९/०८० मा ३२९ र ०८०/०८१ मा ३३२ जना हराएका छन् । यही तीन वर्षको अवधिमा हराएकाहरुमध्ये ७४८ जना फेला पारेको प्रहरी बताउँछ भने ६२८ जनाको विभिन्न स्थानहरुबाट उद्दार गरिएको प्रहरी रेकर्ड छ ।

    हराउनेमा बढी बालिका

    यो ३ वर्षको अवधिमा जिल्लाभरबाट हराउनेहरुको संख्यामध्ये बढी बालिकाको संख्या रहेको तथ्यांक छ । अर्थात् हराएका कुल मानिसमध्ये झण्डै आधा जति बालिकाको संख्या रहेको छ ।
    प्रहरीमा परेको उजुरी अनुसार यो अवधिमा जिल्लाभरबाट ४४४ जना बालिका मात्रै हराएका छन् । प्रहरीका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा २९०, ०७९/०८० मा ३२९ र ०८०/०८१ मा ३३२ बालिका हराएका छन् ।
    यसैगरी हराउनेहरुको सूचिमा महिला, बालक र जेष्ठ नागरिकको सूचि पनि छ । यो ३ वर्षमा ३६३ जना महिला, १३१ जना बालक र १३ जना जेष्ठ नागरिक हराएका विवरण उजुरी प्रहरीमा दर्ता छ ।

    कति फेला ?

    यसरी हराएकाहरुमध्ये अधिकांश फेला पनि परेको प्रहरी विवरण छ । प्रहरीको तीन वर्षे तथ्यांकमा हराएकामध्ये धेरै फेला परेको रेकर्ड छ । यो अवधिमा हराएका ९५१ जना मध्ये ७४८ जनालाई भने फेला पारेको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक डिएसपी दिपक भारतीले दाबी गरे । उनका अनुसार ३४६ जना बालिका, २९० जना महिला, १०७ जना बालक र १२ जना जेष्ठ नागरिकलाई खोजी गरी फेला पार्न प्रहरी सफल भएको हो । पर्सा प्रहरीका डिएसपी भारतीका अनुसार ३ वर्षको अवधिमा ६२८ जनाको उद्दार गरिएको छ । प्रहरीले ३७८ जना महिला, १८४ जना बालिका र ६६ जना बालकको उद्दार गरेको विवरण छ ।

    के भन्छ प्रहरी ?

    पर्सा जिल्ला भारतसँग खुल्ला सिमाना जोडिएकोले पनि यहाँका नागरिकहरु एक्कासी हराउने गरेको प्रहरी तर्क छ । तर त्योसंगै मुख्यतः सामाजिक सञ्जालको प्रभाव, बेरोजगारी, केटाकेटीमा उमेर नपुगी गरिने विवाह लगायतका कारण हराउनेहरुको संख्या बढ्दो गरेको डिएसपी दीपक भारतीले जनाए । यस्तै अभिभावकहरु आफ्ना छोराछोरी वा परिवारका सदस्यहरु अचानक बेपत्ता हुँदा निवेदन दिन आउने तर उनीहरु भेट्टिएपछि प्रहरीमा खबर नगर्दा पनि हराउनेको सङख्या कमी नआएको उनको भनाइ छ । उनी भन्छन्, ‘कोही हराउँदा आफन्तहरु निवेदन लिएर आउनुहुन्छ, तर फेला पारेपछि उहाँहरुलाई त्यसको खबर प्रहरीलाई दिनुहुन्न । त्यसकारण यो संख्यामा कमी आउँदैन, निवेदन दिएपछि त्यही हिसाबले गणना हुन्छ ।’ तैपनि प्रहरीले यस्ता घटनाहरु रोक्न सचेतनामूलक कार्यक्रम, सामाजिक सञ्चालमार्फत विभिन्न सूचना प्रवाहको काम गर्दै आइरहेको उनको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑