• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा अवैध व्यापारमाथि कडा प्रहार, साढे ५३ करोडको अवैध सामान जफत

  • वीरगंज संजाल
  • ६ श्रावण २०८१, आईतवार १४:४७
  • १६२९

    वीरगञ्ज । पर्सा प्रहरीले गत आर्थिक वर्षमा करिब ५३ करोड रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढुङ्गेलका अनुसार, प्रहरीले भन्सार छली तथा बिलबीजक नभएका सामानमाथि निगरानी बढाएपछि बरामद हुने समानको संख्या अघिल्लो आवको तुलनामा बढेको छ।
    ढुङ्गेलले भने, “प्रहरीको सक्रियताकै कारणले अघिल्लो आवको तुलनामा गत आवमा अवैध रुपमा भन्सार छली तथा बिलबीजक नभएका सामान बरामदमा उल्लेखनीय वृद्धि भएको छ। चोरी–तस्करी गरेर भित्र्याएको सामानलाई पक्राउ गरेर वीरगञ्ज भन्सार कार्यालयलाई बुझाउँदै आइरहेका छौँ भने बिलबीजक अनुसार नभएको सामानलाई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउँदै आइरहेका छौँ।”
    पर्सा प्रहरीका अनुसार, आर्थिक वर्ष २०७९/८० मा अवैध चोरी–तस्करी र बिलबीजक नभएका कूल ४८ करोड ९ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ मूल्य पर्ने सामान वीरगञ्ज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको थियो। यस्तै, आर्थिक वर्ष २०७८/७९ मा भने २३ करोड ९४ लाख ४६ हजार ८ सय २५ रुपैयाँ मूल्य पर्ने सामान बरामद गरिएको थियो।
    हुन्डी कारोबारमा पनि सक्रियता
    पर्सा प्रहरीले गत आर्थिक वर्षमा हुन्डी कारोबारमा संलग्न १७ जना कारोबारीबाट ६१ लाख २४ हजार ७ सय रुपैयाँ जफत गरेको छ। प्रहरी नायब उपरीक्षक दीपक भारतीले अघिल्लो आवभन्दा गत आवमा हुन्डी कारोबारमा पक्राउ पर्ने सङ्ख्यामा कमी आएको जानकारी दिए।
    गत आवमा हुन्डी कारोबारमा संलग्न रहेको भन्दै १७ जनाबाट १ करोड ९३ लाख ६६ हजार ३ सय रुपैयाँ बरामद गरिएको थियो भने आर्थिक वर्ष २०७८/७९ मा हुन्डी कारोबारमा संलग्न १४ जनाबाट १ करोड ६५ लाख १३ हजार ६ सय २० रुपैयाँ सहित पक्राउ गरिएको थियो।
    पर्सा जिल्ला १०७ किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ, जसले गर्दा सीमा क्षेत्रमा अवैध कारोबार र तस्करीका घटनाहरु बढी हुने गर्छन्। प्रहरीको सक्रियता र निगरानीका कारण अवैध गतिविधिहरुमा केही हदसम्म कमी आएको देखिन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑