वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा गएराति मोबाइल चोरी गर्ने प्रयास गर्ने एक जनालाई वडा प्रहरी कार्यालय विर्ताले पक्राउ गरेको छ ।
अस्पताल परिसरमा मोबाइल चोरी गर्न लागेको अवस्थामा बिरामीको कुरुवा र प्रहरी बिटको टोलीले पक्राउ गरेर वडा प्रहरी कार्यालय विर्तालाई बुझाएको हो ।
कैलालीको टिकापुरका १५ वर्षीय किशोरले मोबाइल चोरी गर्न लाग्दा पक्राउ गरेको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए । उनकाअनुसार प्रहरी अनुसन्धान गरीरहेको छ ।
किशोर भएको हुँदा हिरासतमा राख्न नमिल्ने भएकाले र मोबाइल चोरी गर्ने प्रयास मात्रै गरेको हुँदा सम्झाईबुझाई गरेर छोड्न सकिने उनले बताए ।