वीरगंज | अनिल निसाद । वीरगञ्ज गोल्डेन गेट माध्यमिक विद्यालयका कक्षा ९ र १० का छात्रछात्राले खाजा खाने पैसा जम्मा गरी सामाजिक अध्ययन परियोजनाको भाग स्वरूप मानव सेवा आश्रममा आश्रित ६५ आमाबुबालाई एक छाक खाना खुवाएका छन्।
सामाजिक शिक्षक अनिल सहनी निषादको पहलमा गरिएको यस कार्यमा “बुंदबुंदवाट तलाउ बन्न सक्छ” भन्ने सन्देश प्रवाहित गरिएको थियो। विद्यालयका प्र.अ. शेख अजहर र निर्देशक सगिर अंसारीको उपस्थितिमा गरिएको यस कार्यक्रमलाई मानव सेवा आश्रमकी जिल्ला संयोजक मुना पुलामी मगरले “मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो” भन्ने ज्ञानको साथमा सहजीकरण गरेकी थिइन्।
यस प्रकारको सामाजिक सेवा कार्यले छात्रछात्रामा मानवीयताको भावनाको विकास गर्ने विश्वास गरिएको छ।