• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकार फेरिएसँगै प्रमुख प्रशासकीय अधिकृतको सरुवा

  • वीरगंज संजाल
  • ४ श्रावण २०८१, शुक्रबार १६:५०
  • १५७७

    बारा । जीतपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई कानुन विपरीत सरुवा गरिएको भन्दै तत्काल सरुवा रोक्न उपमहानगरले सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ ।

    सरकार परिवर्तन भए लगत्तै उपप्रमुख भोला प्रसाद अधिकारीसहित केही एमाले वडाध्यक्षहरूले बिहीबार सामान्य प्रशासन मन्त्रालयमा पुगेर काफ्लेको सरुवा निर्णय गराएर नयाँ प्रशासकीय प्रमुखको रूपमा चेतकुमार पोखरेललाई ल्याउने निर्णय गराएका थिए ।

    काफ्लेले वैशाख २८ गतेदेखि मात्रै जीतपुर सिमरा उपमहानगरको प्रमुख प्रशासकीय अधिकृतको रूपमा जिम्मेवारी सम्हालेकी थिइन् ।

    जिम्मेवारी सम्हालेको ३ महिना नपुग्दै राजनीतिक दबाबमा एमाले जनप्रतिनिधिहरूले कानुन विपरीत काफ्लेको सरुवा गरेको भन्दै नगरप्रमुखले आज मन्त्रालयमै पुगेर सरुवा रोक्न लिखित रूपमा आग्रह गरेका हुन् ।

    आफू अनुकूल काम नगरेको, असार १० गते नगर सभाबाट नीति तथा कार्यक्रम र बजेट पास गराउन नगरप्रमुख पौडेललाई सहयोग गरेको भन्दै एमालेका जनप्रतिनिधिहरू काफ्ले विरुद्ध उत्रिएको बताइएको छ । साउन ३ गते बिहीबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काफ्लेको सरुवाको निर्णय गरेपछि साउन ४ गते शुक्रबार नगरप्रमुख पौडेल मन्त्रालय नै पुगेर सरुवा रोक्न कर्मचारी प्रशासन महाशाखाका सहसचिव विष्णु ज्ञवालीलाई लिखित पत्र दिएका हुन् ।

    पत्रमा सामान्य प्रशासन मन्त्रालयको असार २५ गतेको निर्णय अनुसार प्रमुख प्रशासकीय अधिकृतको सरुवा २÷२ वर्षमा गर्ने सचिवस्तरीय निर्णय विपरीत कानुन प्रक्रिया मिचेर काफ्लेको सरुवा गरिएको भन्दै निर्णय बदर गराई हाललाई काफ्लेलाई नै कामकाजमा खटाउन अनुरोध गरिएको छ ।

    ‘एमालेबाट निर्वाचित केही जनप्रतिनिधिहरूले आफ्नो स्वार्थको लागि नगर सभा हुनबाट रोकेको अवस्थामा उपमहानगरलाई निकास दिन र संवैधानिक कर्तव्य पुरा गर्न काफ्लेले सदस्य–सचिवको भूमिका निर्वाह गरेको र हाल उनीविरुद्ध उच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सरुवा गर्न मिल्ने अवस्था देखिन्न’ नगरप्रमुख पौडेलले पठाएको पत्रमा उल्लेख छ, ‘मन्त्रीमण्डल परिवर्तन भएलगत्तै म माओवादी केन्द्रबाट निर्वाचित नगरप्रमुखसँग प्रतिशोध साध्नकै लागि कानुन मिचेर सरुवा गरेको देखिन्छ ।’

    यता एमालेका केही जनप्रतिनिधिले ल्याउन लागेका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलविरुद्ध भने डिभिजन वन कार्यालय बारामा मुद्दा विचाराधीन अवस्थामा छ ।

    यसअघि २७ महिना जीतपुर सिमरामा प्रशासकीय प्रमुखको रूपमा काम गरेका पोखरेलले सो समयका उपमहानगरको सरकारी नम्बरको टिपर प्रयोग गरेर टाँगियावस्तीबाट सालको चोरी तस्करीको चिरान काठ आफ्नो निजी घर बनाउन ल्याउँदै गरेको अवस्थामा बाराको पिलुवामा प्रहरीले नियन्त्रणमा लिएको थियो । वन पैदावार ओसारपसार मुद्दामा पोखरेल २०७८ जेठ २० गते पक्राउ पुर्जी जारी भएपछि फरार भएरसँगै अदालतमा उपस्थित भएर पछि धरौटीमा छुटेका थिए । उनी विरुद्ध मुद्दामा अन्तिम फैसला भने भइसकेको छैन ।

    नगरप्रमुख पौडेलले सामान्य प्रशासन मन्त्रालयका प्रशासन महाशाखाका सहसचिव ज्ञवालीलाई भेटेर पोखरेललाई कामकाजको लागि स्वीकार नगर्ने भएकाले हाजिर नगराउन अनुरोध गरेको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑