• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अनकन्टार जङ्गलमा ७० वर्षीय वृद्ध जामुनलाल ऋषिदेव ४–५ दिनसम्म कसरी बाँचे ?

  • वीरगंज संजाल
  • ३ श्रावण २०८१, बिहीबार १३:११
  • १३१७

    विराटनगर । अनकन्टार जङ्गल, झाडी नै झाडी, अविरल वर्षा, निरन्तरको गड्याङगुडुङ र चट्याङ । निस्पट अँध्यारा ती रात झेलेर पनि बाँचेका ७० वर्षीय जामुनलाल ऋषिदेवलाई जङ्गलमा कसले छोड्यो भन्नेबारे सर्वत्र चासो छ ।

    मोरङको बेलबारीस्थित बेलबारी–चिसाङ साझेदारी वन (चिहानडाँडा) देखि पूर्वपश्चिम सडकको उत्तरपट्टी ५ किलोमिटर टाढा गएर थप डेढ किलोमिटर पूर्व फर्केपछि जामुनलाल फेला परेको स्थलमा पुगिन्छ । ठुला–ठुला रुख र पटेर जङ्गलमा सानासाना गोरेटा छन् । जहाँ साइकल र मोटरसाइकल कुदाउन सकिन्छ । त्यस्तो ठाउँमा उनी आफैँ पुगे वा कसैले लगेर उनलाई छाडिदिएको हो भन्ने प्रस्ट भइसकेको छैन ।

    जङ्गलमा चार/पाँच दिनसम्म रहँदा जामुनलालले पानी पनि पिउन पाएनन् । ठुलो स्वरले बोल्न नसक्ने, बोलेको कसैले सुन्नै नसक्ने, उठेर हिँड्न नसक्ने र सामान्यतः हातमात्र चलाउन सक्ने उनले एउटा सानो लाथ्रामा अढेस लागेरै चार रात र पाँच दिन (अनुमानका आधारमा) बिताइदिए ।

    त्यसक्रममा उनलाई लामो जुँगा र लामो खुट्टा भएका राता किराले हातमा र खुट्टाको पैतालामा खाइरहे । धेरै जुका अघाए । हातले किरा र जुका हटाउन सकेनन् । ठाउँ सर्न पनि सकेनन् । पानी आउँदा ओत लाग्न सकेनन् । भोक लाग्दा खाने कुरा पाउने कुरै थिएन । पानी समेत पाएनन् । कल्पना गरौँ– उनले कसरी बिताए पाँच दिन ?

    बेलबारी–चिसाङ साझेदारी वनका हेरालु कमाण्डर मुरारीप्रसाद काफ्ले गस्तीकै क्रममा सो स्थानमा पुग्यो । त्यसक्रममा परैबाट एउटा सानो पोका देखियो । ‘हामी गस्ती गर्ने क्रममा साझेदारी एरियामा नियमित गस्ती गर्छौं । त्यतिखेर जङ्गल एरियामा भित्री बाटो घुम्दै आउँदा रुखको हाँगा भाँचिएको ठाउँमा एउटा सानो पोकाजस्तो देखियो,’ काफ्लेले भने, ‘त्यहाँ गएर हेर्दा एक जना बुढो मान्छे बसिराख्नु भएको रहेछ । टाउको भुइँमा निहुरिएको थियो । हातखुट्टामा किरा, कमिला र जुका थिए । बोलाउँदा पनि बोल्न नसक्ने अवस्थामा थिए ।’

    काफ्लेले वृद्धलाई बोलाएपछि उनले पानी मागेको इशारा गरे । ‘पानी मागेको इशारा गरेपछि हामीले बाटोमा निस्केर पानी लिएर गयौँ । दुई घुट्की पानी दिएपछि सासले स्याउस्याउ बोल्न थाले । त्यसपछि बोरा र जङ्गलको सानो हाँगा काटेर अस्थायी स्टेचर बनाएर गाडी चल्ने ठाउँसम्म बोकेर ल्यायौँ,’ उनले भने । त्यसपछि गाडीमा हालेर बेलबारी अस्पताल लगेको उनको भनाइ छ ।

    काफ्लेले मङ्गलबार उनलाई उद्धार गर्नु अघिको परिवेश बताए, ‘जिउभरि रुखमा लाग्ने रातो रङको किरा लागेको थियो । हात र खुट्टाको पञ्जामा कमिलाले खाएर पिपजस्तो निस्किरहेको थियो । उनले भन्दा हामीलाई पाँच दिनजति भयो भन्ने इशारा गरे ।’

    उनलाई पनि अनकन्टार जङ्गलमा ती वृद्धा आफैँ पुगेको विश्वास लाग्दैन । ‘यतिभित्र आफैँ आएका हुन् जस्तो मलाई लाग्दैन । त्यस्तो बुढो मान्छे । यहाँ हामीजस्तो मान्छे पनि पहिलोपटक एक्लै आएको खण्डमा बाटो पत्ता लगाएर फर्किन सक्ने अवस्था हुँदैन । यो अनकन्टार जङ्गलमा उनी कसरी आए ? यो कसैले ल्याएको हुनसक्ने सम्भावना धेरै छ,’ उनले भने, ‘उक्त एरियामा हात्ती प्रभावित क्षेत्र हो । बँदेलले पनि कहिलेकाहीँ आक्रमण गर्ने प्रयास गर्छ । हात्ती वा बँदेलले भेटेको अवस्था थियो भने उनलाई आक्रमण गर्न सक्थ्यो ।’

    बेलबारी–चिसाङ साझेदारी वनका अध्यक्ष दिनेश गिरीका अनुसार उक्त ठाउँमा मोटरसाइकल गुडेको डोब भेटिन्छ । ‘वृद्धा रहेको स्थानबाट उक्त मोटरसाइकल फर्किएको डोब देखिन्छ,’ गिरी भन्छन्, ‘कसैले लगेर छोडेको हुनसक्ने आशङ्का हो । घटनाको गहिरो अनुसन्धान हुनु आवश्यक छ ।’

    तर, उनका छोरा जलवा ऋषिदेवले सुन्दरहरैंचा अस्पतालमा उपचाररत बुबाले ‘म आउँदा आउँदै लडेँ’ भनेको सुनाए । ‘खाएको थियो होला (मदिरा) । घामको बेला लड्यो होला । त्यसपछि उठ्न सकेन । पानीले कुटेर लोत बनाएछ । अनि यस्तो भएको होला,’ उनी भन्छन् ।

    नातिनी पुनम ऋषिदेवले घर जाउँ भनेर लिएर आएको तर, पुनम अगाडिअगाडि हिँडेका कारण उनले हजुरबुबा छुटेको थाहा नपाएको जलवाको भनाइ छ । छोराबुहारीले जङ्गलमा छाड्यो भनेर प्रचार भएकोमा दुखेसो गर्दै उनले भने, ‘मलाई आरोप लगाए । मलाई सबैले चिन्छन् । म ट्वाइलेट सफा गर्ने काम गर्छु । म काम गरेर खाने मान्छे हुँ । म गलत काम गर्दिनँ । मेरो आफ्नो बाउ, कसरी लगेर छोड्छु भन्नु त ?’

    उनी पनि हाइड्रोसिलका बिरामी हुन् । ‘दाउरा चिरेर यस्तो भएको छ । तातो काममा दाउरा चिराइ भयो अनि मलाई यस्तो भएको हो,’ आफ्नै पीडा उनले सुनाए । आफ्नो एउटा भाइ सवारी दुर्घटनामा मरेको र कान्छो भाइ इन्डियामा रहेको उनले सुनाए ।

    सुन्दरहरैंचा–१ का वडाध्यक्ष राम विश्वास खवासले जामुनलालसँग आफूले कुरा गर्दा बाटो अलमलिएको बताएको जानकारी दिए । ‘म आफैँ हिँडेर जाँदा जङ्गलमा अलमलिएको बताएका छन्,’ वडाध्यक्ष विश्वासले भने, ‘जुका र कमिलाले टोकेर तथा गिलो माटो र निरन्तरको पानीले चुटेर उनको अवस्था खराब बनाएको थियो ।’

    जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर हेमराज ओलीले वृद्धको उपचार भइरहेको र थप अनुसन्धान भइरहेको बताए । ‘कसैले लगेर छोडेको हो वा होइन भन्ने अनुसन्धानकै क्रममा छ,’ उनले भने ।

    सुन्दरहरैंचा नगर अस्पतालका प्रमुख डा. सरोज मण्डलले वृद्ध ऋषिदेवको मिर्गौलामा समस्या देखिएको, प्लेटलेट र हेमोग्लोबिन कम देखिएको बताए । ‘अस्पतालमा भर्ना हुँदा ब्लड प्रेसर कम थियो । पिसाब फेर्न नसक्ने अवस्था थियो । उपचार सुरु गरेपछि अहिले परिवारसँग सम्वाद गर्न सक्ने अवस्थामा हुनुहुन्छ,’ डाक्टर मण्डलले भने, ‘पिसाब रोकिने समस्या पनि हल भएको छ । थप उपचारका लागि उहाँलाई कोशी अञ्चल अस्पतालमा पठाइएको छ ।’रातोपाटि

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑