• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारा प्रहरीले एक वर्षे कार्य प्रगति विवरण सार्वजनिक

  • वीरगंज संजाल
  • ३ श्रावण २०८१, बिहीबार १२:३५
  • ११८१

    बारा । जिल्ला प्रहरी कार्यालय बाराले आर्थिक वर्ष २०८०/०८१ को एक वर्षे कार्य प्रगति विवरण सार्वजनिक गरेको छ। यस अवधिमा विभिन्न मुद्दा, लागू औषध सम्बन्धी मुद्दा, राजस्व संकलन, आत्महत्या, उजुरी तथा फरार प्रतिवादी सम्बन्धी तथ्यांकहरु प्रस्तुत गरिएको छ।

    प्रहरीको रिपोर्ट अनुसार, आर्थिक वर्ष २०७८/०७९ मा १,०३७ वटा मुद्दा दर्ता भएका थिए भने ८०७ जना मानिस पक्राउ परेका थिए। सोही अवधिमा ७५ वटा लागू औषध मुद्दा दर्ता भएका थिए र १२३ जना मानिस पक्राउ परेका थिए। आगामी आर्थिक वर्ष २०७९/०८० मा १,१९३ मुद्दा दर्ता भएका थिए भने ८७७ मानिस पक्राउ परेका थिए। लागू औषध सम्बन्धी मुद्दा ९५ पुगेको थियो र १३८ जना मानिस पक्राउ परेका थिए।

    सन् २०८०/०८१ मा १,३२२ मुद्दा दर्ता भएको र १,०३१ मानिस पक्राउ परेको विवरणमा उल्लेख छ। यसै अवधिमा ९२ वटा लागू औषध मुद्दा दर्ता भएका छन् र १३७ मानिस पक्राउ परेका छन्।

    लागू औषध र राजस्व संकलन
    आर्थिक वर्ष २०७८/०७९ मा ५३६ किलो ३९७ ग्राम गाजा, ७ किलो ५० ग्राम चरेस, ५९ ग्राम ब्राउन सुगर बरामद गरिएको थियो। आर्थिक वर्ष २०७९/०८० मा १,५१७ किलो ५५० ग्राम गाजा, २४ किलो चरेस, र २०० ग्राम ३०५ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको थियो। आर्थिक वर्ष २०८०/०८१ मा २,०५४ किलो गाजा, ४५ किलो २३ ग्राम चरेस, र ५६९.६४ ग्राम ब्राउन सुगर बरामद भएको छ।

    राजस्व संकलनको हिसाबले, आर्थिक वर्ष २०७८/०७९ मा दुई करोड त्रिचालिस लाख उन्नब्बे हजार दुई सय बैसठी रूपैया, २०७९/०८० मा बाह्र करोड एक्कसठी लाख तेईस हजार नौ सय उन्नब्बे रूपैया, र २०८०/०८१ मा सन्ताउन करोड चालिस लाख पैतिस हजार छ सय एकावन्न रूपैया संकलन गरिएको छ।

    आत्महत्या र उजुरी
    प्रहरीले रिपोर्ट अनुसार, आर्थिक वर्ष २०७८/०७९ मा ४६ महिला, ४९ पुरुष, ८ बालक र ३६ बालिकाले आत्महत्या गरेका छन्। आगामी वर्षमा महिला ४७, पुरुष ४६, बालक ८, बालिका २० र आर्थिक वर्ष २०८०/०८१ मा ६८ महिला, ६४ पुरुष, ७ बालक र २४ बालिकाले आत्महत्या गरेका छन्।

    महिला सम्बन्धि उजुरीहरुमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। आर्थिक वर्ष २०७८/०७९ मा २,२१३ उजुरी मध्ये १,४५० मिलापत्र भएका छन् भने २०७९/०८० मा २,१४४ उजुरी मध्ये १,६६६ मिलापत्र भएका छन्। आर्थिक वर्ष २०८०/०८१ मा १,९३६ उजुरी मध्ये १,७५० उजुरी मिलापत्र भएको प्रहरीको रिपोर्टमा उल्लेख छ।

    फरार प्रतिवादी र अन्य तथ्यांक
    जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा कैद जरिवाना तोकेका ३१९ जना फरार प्रतिवादी पक्राउ परेको जनाएको छ। यी प्रतिवादीबाट ७९ वर्ष ३ महिना ३ दिन कैद र १ करोड ५४ लाख ५६ हजार २८८ रुपैया जरिवाना संकलन गरिएको छ।

    प्रहरीले ७ वटा हतियार र २० राउण्ड गोली बरामद गरेको छ भने ९६ वटा हराएका मोबाईलहरु फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको छ।

    प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार, अबैध आर्थिक कारोबार (हुण्डी) सम्बन्धी ४ मुद्दा दर्ता गरि ८ जनालाई पक्राउ गरी ३८ लाख ९ हजार रुपैया बरामद गरिएको छ।

    सवारी साधन ट्राफिक कारवाही अन्तर्गत ३४,२८५ सवारीलाई कारवाही गरी २ करोड ९७ लाख ३१ हजार ५ सय रुपैया राजश्व संकलन गरिएको छ।

    सामुदायिक कार्यक्रम
    प्रहरीले ३,०८८ वटा सामुदायिक कार्यक्रम संचालन गरेकोमा १ लाख २२ हजार १ सय ५७ जना लाभान्वित भएको जानकारी दिएको छ। अनुचित लेनदेनमा १,०४३ मेलमिलापबाट २१ करोड ५६ लाख २७ हजार ६०६ रुपैया र ३० बिगाह १७ कठा १७ धुर जग्गा फिर्ता गराइएको पनि उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑