वीरगञ्ज । वीरगञ्ज महानगरपालिका स्थित पूण्य नदी श्रीसिया को तटमा निर्माण हुने स्वामी नारायण मन्दिर (अक्षरधाम आबद्ध) को पुर्व तयारी सुरु भएको छ।
निर्माण स्थलमा सत्संग कार्यक्रम प्रारम्भ भएको छ जसमा निश्चल विक्रम पौडेल र मदनकृष्ण पौडेल भारतको पश्चिम बंगाल, कोलकाता प्रस्थान गरेका छन्।
उनीहरु सत्संग संचालन सम्बन्धी प्रारम्भिक प्रशिक्षण लिन कोलकाता गएका हुन्। वीरगञ्ज महानगरपालिकाको सद्भावना दूत अशोक कुमार बैद र विश्व हिन्दू परिषद नेपालको महासचिव जितेन्द्र सिंहले आज उनीहरुलाई विदाई गरेका छन्।
कोलकातामा स्वामी पूर्ण वत्सल दास जीको अगुवाइमा नारायण भगवानको पूजा अर्चन सम्बन्धी आठ दिनको कार्यक्रम हुनेछ। यो मन्दिर निर्माणले वीरगञ्जलाई धार्मिक पर्यटनको केन्द्रबिन्दु बनाउने अपेक्षा गरिएको छ।