• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    त्रिशुलीमा बेपत्ता बाराका पटेल दम्पति फेला नपरेपछि कुशको शव बनाएर गरियो दाहसंस्कार

  • वीरगंज संजाल
  • २ श्रावण २०८१, बुधबार १५:५२
  • १२७७

    वीरगन्ज | चितवनको सिमलताल दुर्घटनामा परेका नदीमा बेपत्ता भएका एक दम्पत्ती ६ दिन बितिसक्दापनि पफेला पर्न नसकेपछि उनिहरुका परिवारजन र आफन्तले कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरेका छन् ।

    बाराको प्रसौनी गाँउपालिका वडा नम्बर १ नकटुवाका ४८ बर्षिय ताराचन्द पटेल र उनकी पत्नि ४३ बर्षिया कुसमी देवीको अवस्था दुर्घटना भएको ६ दिन भइसक्दापनि पत्ता लाग्न सकेको छैन । दुर्घटनामा परेर नदीमा बेपत्ता भएको ६ दिन बितिसक्दापनि पटेल दम्पतिको शवसमेत नभेटिएकाले दुवै जना जिवित नभएको ठहर गरेर बुधबार उनिहरुका परिवारजनले हिन्दु धर्मको रितिरिवाज अनुसार कुशको शव बनाएर अन्तिम दाह संस्कार गरेका हुन् ।

    बुधबार बिहान परिवारजन र आफन्तले हिन्दु रितिरिवाज अनुसार दुवै जनाको छुट्टा छुट्टै कुशको शव बनाए । त्यसपछि एउटै पचाठी (डोली)मा कुशले बनाइएको दुवै शव राखेर त्रिवेणी नदीस्थित चटियाबाबा घाटमा लगे। त्यहाँ तयार पारिएको एउटै चितामा दुवैको शव राखियो । त्यसपछि ताराचन्दका जेठा छोरा मदन पटेलले बुवा–आमा दुवैको शवमा दागबत्ती दिएर अन्मित दाहसंस्कार गरे ।१३ दिने किरियामापनि जेठा छोरा मदन नै बसेका छन् ।

    घटना भएको ६ दिन बितिसक्दापनि दाई–भाउजु मध्ये कसैकोपनि अवस्था पत्ता नलागेपछि अब उनिहरु जिवित रहेको आस मारेर बुधबार हिन्दु रितिरिवाज अनुसार कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरिएको दुर्घटनामा परेका ताराचन्दका भाई रमेश पटेलले बताए । उनले भने,‘ अहिलेसम्म जिउँदो कोहिपनि भेटिएका छैनन् । लाशमात्रै भेटिइरहेको छ । ६ दिन भइसक्यो ।यतिका दिनसम्म मेरा दाजु–भाउजुपनि जिउँदै होलान् भन्ने आस नै मारिसक्यौ हामीले । त्यहि भएर आज कुशको शव बनाएर दाहसंकार गरिदियौं । आजदेखि १३ दिने कााजकिररियाको कामपनि अगाडि बढाईसक्यौ ।’रमेशका अनुसार, दुर्घटनामा परेका पटेल दम्पतिका दुई छोरी र दुई छोरा छन् ।

    भाई रमेशका अनुसार,काठमाडौंको अस्पतालमा भर्ना रहेका ज्वाईका भाईलाई भेट्नका लागि ताराचन्द र उनकी पत्नि कुसमी देवी गत बिहीबारराति वीरगन्जबाट बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस चढेर काठमाडौं जाँदै गरेका थिए । उक्त बससंगै गणपति डिलक्स बस शुक्रबार बिहाान ३.३० बजेतिर चितवन–मुग्लिन सडकखण्डको सिमलताल भन्ने ठाँउमा माथिबाट झरेको लेदोसहितको पहिरोले बगाएर त्रिुशली नदीमा बगेको थियो । दुवै बसमा गरी चालकदलका सदस्यसहित ६५ जना यात्रु सवार रहेकोमा तीमध्ये गणपति बसमा सवार ३ जना यात्रु भने पौडिएर बाँच्न सफल भएका थिए ।

    यसैबिच प्रसौनी गाँउपालिकाका अध्ध्यक्ष विनोद प्रसाद जयसवालले दुर्घटनामा परेका ताराचन्द र उनकी पत्नि कुसमी देवीको परिवारलाई राहतका लागि १ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । बुधबार दाहसंकारमा सहभागी हुन पुगेका गाँउपालिका अध्यक्ष जयसवालले पटेल परिवारलाई गाँउपालिकाको तर्फबाट राहत स्वरुप १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑