वीरगञ्ज| वीरगञ्जमा एक विद्युतका कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ का निवासी रामबाबु चौधरी मलाहाको करेन्ट लागेर मृत्यु भएको हो। उनले वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ को वडा कार्यालय नजिकै विद्युतीय पोलमा चढेर मर्मतको काम गर्दैगर्दा अचानक करेन्ट लागेर मलाहा पोलबाट लडेर घाइते भएको थियो।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक धर्मजंग थिङ्गले जानकारी दिए, “मलाहाको उपचारको क्रममा गण्डकस्थित वयोद्या मेडिसिटी हस्पिटलमा निधन भएको हो।”
उनले थप गरे, “मुचुल्काको काम सकेर शबलाई नारायणी अस्पतालमा सनाखतका लागि पठाउने तयारी भइरहेको छ।”
विद्युतीय पोलको मर्मत कार्यको समयमा घटेको यस दुर्घटनाको अनुसन्धानमा प्रहरी तथा स्थानीय प्रशासनले निष्पक्षतासँग जाँच प्रारम्भ गरिएको छ।