वीरगंज | स्वरोजगार लघुवित वित्तीय संस्था पोखरियाले मृत्युको बिमा रकम रु. ७ लाख ५० हजार हस्तान्तरण
सुख र समृद्धिको आधार सबैका लागि स्वरोजगार लघुवित वित्तीय संस्था लिमिटेडको पोखरिया शाखा कार्यालयले आज बिमा बापतको रकम ७ लाख ५० हजार आफ्ना सदस्यलाई हस्तान्तरण गरेको छ। यसका लागि छिपहरमाइ गाउँपालिकाको जयमंगला पुरमा रहेको केन्द्र न. 19.18107.02.२ का सदस्य अनिता देवीको श्रीमानको मृत्यु भएको थियो।
संस्थाका प्रवन्धक कुस्माखर अधिकारीले बताए, “मृत्यु भएको सदस्य अनिता देवीलाई बिमा बापतको रकम रु. ७ लाख ५० हजारको चेकको रूपमा हस्तान्तरण गरिएको हो।”
यस अवसरमा कार्यक्रममा संस्थाका कर्मचारीहरू, सदस्यहरू र उनीहरूका अभिभावकहरूले प्रस्तुत रहेका थिए।