जनकपुरधाम( १९ की ५५ वर्षीया शान्तिदेवी यादवको मन शान्त छैन । ७ वर्षदेखि चुरे संरक्षण अभियानमा लागिरहेकी शान्तिदेवी सिंहदरबारलाई चुरे संरक्षणका लागि दबाब दिइरहेकी छन् । तर, आफ्ना कुरा राज्यले नसुनेको उनको भनाइ छ । सहकर्मीहरूका साथ माइतीघरमा धर्नामा बसेकी शान्तिदेवी । उनी ५० दिनदेखि तेस्रोपटक धर्नामा बसेकी हुन् । काठमाडौंको माइतीघरमा उनले धर्ना दिँदै आएकी छन् ।
७ वर्षदेखि तराईको चुरे संरक्षण अभियानमा लागेकी उनी आफ्नो लक्ष्यमा कटिबद्ध छिन् । उनीहरूसँग खानपान र बसोबासको राम्रो व्यवस्था छैन । उनी यही १६ वैशाखमा सप्तरीको भारदहबाट चुरे संरक्षण अभियानमा पैदल यात्रा गर्दै २५ दिन हिँडेर काठमाडौं आइपुगेकी हुन् । लामो पैदलयात्रा गरेकी शान्तिदेवीको खुट्टा अझैसम्म ठीक भएको छैन । उनी लट्ठीको सहारामा हिँडडुल गर्छिन् । धर्ना दिन जाँदै गरेकी शान्तिदेवी । उनलाई हिँडडुल गर्न लौरोको सहारा चाहिन्छ । चुरे संरक्षणको आवाज सुनाउन कस्सिएकी शान्ति देवी र उनका सहकर्मीहरूले काठमाडौंमा डेरा लिएर धर्ना दिइरहेका छन् । उनीहरूले थापाथलीको सुकुम्बासी टोलमा दुई वटा कोठा भाडामा लिएर आफ्नो अभियान अगाडि बढाइरहेका छन् । शान्तिदेवी थापाथलीको सुकुम्बासी बस्तीमा बस्दै आएकी छन् ।
तर, उनीहरूलाई बिजुली, खानेपानी तथा चर्पीको राम्रो सुविधा छैन । चिसो छाप्रोमा बसिरहेका छन् । जसका कारण सहकर्मीहरू बिरामी पर्न सक्ने अवस्था रहेको शान्तिदेवी बताउँछिन् । उनीहरूलाई चर्पीको राम्रो सुविधा छैन । उनीहरूले मधेश प्रदेश सरकारसँग पनि आफ्ना माग राखेका थिए । तर, मधेश सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै उनीहरू दबाब दिन काठमाडौं आएका हुन् । बसोबासको पनि राम्रो व्यवस्था छैन । तर, आफूहरूको आन्दोलन नरोकिने शान्तिदेवी बताउँछिन् । उनीहरूले १२ बुँदे माग राखेका छन् । अहिलेसम्म पनि सरकारले आफ्ना कुरा नसुनेको शान्तिदेवी बताउँछिन् । तर, सिंहदरबारले आफ्ना माग नसुनेसम्म धर्ना नछाड्ने शान्तिदेवीको अडान छ । यो आन्दोलनमा शान्तिदेवीले पुरुष सहकर्मीहरूको पनि साथ पाएकी छन् । चुरे संरक्षणको अभियानमा शान्तिदेवीले सहकर्मीहरूको दरिलो साथ पाएकी छन् । उनको यो आन्दोलनमा पुरुष सहकर्मीहरू पनि जोडिएका छन् ।