काठमाडौं । नेकपा माओवादी केन्द्रले एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकार्य तोडैको जवाफ दिनुपर्ने जनाएको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा माओवादीको तर्फबाट धारणा राख्ने क्रममा सांसद राजन दाहालले माओवादीसँगको सहकार्य तोड्नुको कारणबारे माग गरेका हुन् ।
उनले भने, ‘चार महिना अगाडि ओलीकै पटक पटकको प्रस्तावमा राजनीतिक र रणनीतिक हिसाबले अगाडि बढ्नुपर्छ भनेपछि कमरेड प्रचण्डले स्वीकार्नु भयो। त्यही अनुसार हाम्रो सत्ता सहकार्य अगाडि बढेको थियो। मैले यहीबाट प्रश्न गर्नुपर्छ, यहाँले जुन उद्देश्यले सहकार्य गर्नुभयो ? अहिले कुन उद्देश्यसँग केन्द्रित भएर यो सहकार्य तोड्नुभयो ?’